बोटमै सुक्न थाले सुन्तला

बागलुङ, रो’ग तथा किराको प्र’कोपका कारणले गर्दा यसवर्ष हिमाली जिल्ला म्याग्दीमा उत्पादन भएका सुन्तला बोटमै सु’क्न थालेका छन् ।बोटभरी लटरम्मै पाकेका सुन्तला टिपेर खाने समय नजिकिँदै गर्दा सुन्तलाको बोटसहित सु’केपछि किसानहरु चि’न्तित भएका छन् । सुन्तलाको बोटले भा’र थे’ग्नै नसक्ने अवस्थामा टेको लगाएर उत्पादन गरिएको सुन्तला नगद हात पार्ने बेलामा बि’ग्रिएपछि किसान चिन्तित भएका हुन् ।सुन्तला बिक्री गरेर घर खर्च चलाउँदै आएका किसानहरुको बोटमा पहेंलपुर हुने सुन्तला औं’सा कि’राले न’ष्ट गरेको गु’नासो गरेका छन् ।

बेनी नगरपालिका–३, भकिम्लीको हल्लेगौंडाका कर्णबहादुर रोकाले बारीमा फलेको सुन्तलाको बोट सु’केको बताउनुभयो ।नयाँ र पुरानो बोट सु’क्ने र पाकेको सुन्तला न’टिप्दै झ’रेर रि’त्तो हुन थालेको बताउँदै कृषक रोकाले बोट सु’क्ने तथा सुन्तला टि’प्ने समयमा बोटबाटै सुन्तला झ’र्ने क्रम न’रोकिएको गु’नासो गर्नुभयो ।दुई दशकदेखि व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएकी भकिम्ली राखुकी अगुवा सुन्तला उत्पादक कृषक मनकुमारी पुनले सुन्तला बारीमा दैनिक रुपमा फलेको फल झ’र्न थालेपछि स’मस्यामा परेको बताउनुभयो ।