रानु मण्डलको जिन्दगीमा फेरि छायो अँध्यारो

मुम्बई – रेल्वे स्टेशनमा बसेर गीत गाउने रानु मण्डलको भाग्य सन् २०१९ मा एकाएक बदलिएको थियो ।सामाजिक सञ्जालमा रानुले गीत गाउँदै गरेको एक भिडियो भाइरल भएपछि उनको खुब चर्चा भएको थियो । रानुले लता मंगेशकरको गीत गाएकी थिइन् ।भाइरल भएपछि उनको भविष्य बदलिएको थियो । तर, कोरोना भाइरसका कारण रानुको जीवन पुनः उस्तै अवस्थामा पुगेको छ ।भारतीय समाचार संस्था न्यूज १८ का अनुसार रानुले आफ्नो नयाँ घर छोडेर पुरानो घरमा गएकी छिन् । रानुसँग यतिबेला कुनै काम छैन ।

बलिउडमा काम नहुँदा उनको आर्थिक अवस्था पुनः खराब हुँदै गएको छ । जसकारण उनी पुरानो घरमा फर्किएकी छिन् ।यसअघि रानु मण्डल भाइरल भएपछि हिमेश रेशमियाले उनलाई गीतमा मौका दिएका थिए । त्यसपछि उनको थप चर्चा भएको थियो ।एकपटक रानु मण्डल बढी मेकअप गरेका तस्वीर सार्वजनिक भएपछि पनि चर्चामा आएकी थिइन् ।