चार करोड मानिसले जि’ते कोरोनालाई

काठमाडौं । विश्वमा चार करोडभन्दा धेरै मानिस कोरोना सं’क्रमणमुक्त भएका छन् । विश्व स्वाथ्य संगठनको तथ्याङ्क अनुसार हालसम्म कूल कोरोना संक्रमितको संख्या ५ करोड ६६ लाख २३ हजार ६४३ पुगेको छ ।पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २० हजार ७४४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ५१६ कोरोना संक्रमितको मृ’त्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ५५ हजार ९६३ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।

गएको डिसेम्बरमा चीनको वु’हानबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वका २१८ देशमा फै’लिसकेको छ । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित छ । अमेरिकामा एक करोड २२ लाखभन्दा धेरै सङ्क्रमित छन् । त्यहाँ अहिलेसम्म दुई लाख ६० हजार २४० जनाको ज्यान गएको छ । यस्तै भारतमा ९० लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ३२ हजार ७ सय ६४ जनाको ज्यान गएको छ ।