‘प्रतिदिन १ जिबी डाटा’ किने दिनदिनै १४ मिनेट भ्वाइस कल सुविधा

६ मंसिर २०७७, शनिबार काठमाडौं- नेपाल टेलिकमको अटम अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक पाइने सेवामा परिमार्जन गरेको छ। शुक्रबार राति १२ बजेपछि लागू हुने टेलिकमले अफरमा हेरफेर गरिएको जानकारी दिएको हो ।प्रतिदिन १ जिबी डाटा प्याकअन्तर्गत ७ दिनका लागि २५० रूपैयाँमा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८५० रूपैयाँमा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुने गरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको कम्पनीले जनाएको छ ।

सोअनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याकअन्तर्गत २५० रूपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने बताइएको छ। यसैगरी, ८५० रूपैयाँमा प्रतिदिन १४ मिनेटका दरले ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाका दरले २८ जिबी डाटा उपलब्ध गराइने यो प्याकको भ्लालिडिटी २८ दिनको हुन्छ।