विकासको विचित्र : सडकको बीचमै रूख राखेर कालोपत्रे गर्ने याे कस्ताे खालकाे विकास हाे ?

चितवन, ६ मंसिर । देशको बजेट कहाँ खर्च भइरहेको छ ? कसरी खर्च भइरहेको छ ? चितवन देवघाटको यो चित्रले देशको विचित्र विकासलाई प्रस्ट देखाउँछ। जनताबाट संकलन गरिएको एक–एक रुपैयाँ राजस्वबाट चितवनमा सडक पिच गरिएको छ, जहाँ सडकको बीचमै ठाउँ–ठाउँमा सालका रूख ठिंग उभिएका छन् ।सकड डिभिजन कार्यालय भरतपुरले चार किलोमिटर सडक मर्मत गर्न गत चैतमा नै ठेक्का दिएको थियो। जिएमआर नेपालले सडक मर्मतका लागि भ्याटसहित ७५ लाख २० हजार ६ सय ५२ रुपैयाँमा ठेक्का पाएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

अघिल्लो वर्षको बजेटमा अहिले मंसिर मा मात्र हतार–हतार यसरी पिच गरिएको छ । मर्मत गरिएको सडकको पिच पनि कतै तीन मिटर, कतै पाँच मिटर छ ।सडकको दायाँ–बायाँ छोड्नुपर्ने खाली जमिन पनि छैन । यो सडकबाट दिनमा दुई हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्छन। धार्मिक स्थल देवघाट जाने आँपटारी–देवघाट सडक ९० वर्षदेखि सञ्चालनमा छ । तर, सडक अहिलेसम्म व्यवस्थित हुन सकेको छैन । मुग्लिन–नारायणगढ सडकबाट पश्चिम–उत्तरतर्फ वन क्षेत्र हुँदै देवघाट पुगिन्छ ।तर, ठेक्काको पैसा पचाउन वातावणीय प्रभाव मूल्यांकन (इआइए) समेत नगरी सडक पिच गरिएको छ ।

सडक डिभिजन कार्यालयले बजेट ‘फ्रिज हुने भय’ देखेपछि इआइएविना नै हतारहतारमा सडक मर्मत गरिएको जनाएको छ । ‘सडक मर्मत गर्नैपर्ने भयो, वातावरणीय प्रभाव मूल्यांकन गर्दा समय लाग्ने भयो, मूल्यांकन नभएसम्म रूख काट्न मिल्दैन ।त्यसैले उपलब्ध ठाउँमा पिच गरिएको हो,’ सडक डिभिजन भरतपुरका प्रमुख कृष्ण अधिकारीले नयाँ पत्रिकासँग भने। अहिले बजेट खर्च गरिएको सडकलाई फुटपाथसहित सात मिटरको बनाउन सर्भेसमेत भइरहेको कार्यालयले जनाएको छ । उता चितवनका डिभि जनल वन अधिकृत पदमराज नेपाल भने प्रक्रिया मिलाएर ल्याएमा वनले विकासमा अवरोध नगर्ने बताउँछन् ।‘वन पनि सरकारी कार्यालय हो, सरकारी कार्यालयले विकासमा अ’वरोध गर्दैन ।

तर, प्रक्रिया नपुगेसम्म अनुमति दिन मिल्दैन,’ उनले भने । देव घाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल सरकारी कार्यालयहरू बीच समन्वय नभएकाले समस्या आएको बताउँछन् । ‘भौतिक पूर्वाधार र वन मन्त्रालयबीच नै समन्वय छैन । ५० रूख यसरी बीच बाटोमा पर्छन् ।तर, छलफल बाट यसलाई टुंगो लगाऔँ भन्दा हाम्रो तर्क कसैले सुन्दैन,’ उनले भने, ‘जनताबाट उठाइएको राजस्वको यसरी दु’रुपयोग भएको छ ।’ न्यूनतम मापदण्ड पूरा नगरी बनाइएकाले सडक बाट दु,र्घटना समेत बढी हुने डर बढेको छ । विगतमा समेत यस सडकमा रूखमा ठो’क्किएर, हाँगा ख’सेर धेरै दु,र्घटना भएका छन् ।