सडकमै छमछमी नाचे ट्राफिक प्रहरी (भिडियो )

६ मंसिर २०७७, शनिबार काठमाण्डौ । ट्राफिक प्रहरीहरु आफ्नै पोसाकमा चिटिक्क सजिएर छमछमी नाचेको भिडियो आज सार्वजनिक भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गीत संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो ।महाशाखाले व्यवहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जनाएका छन ।

सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरियोग्राफर मनराम केसी र निर्देशन तथा छायाङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन विनोद केसीले गरेका छन् । गीतलाई मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको यूट्युब च्यानललगायत अन्य सामाजिक सञ्जालबाट रिलिज गरिएको छ ।भिड्यो हेर्न यहाँ क्लिक गर्नुहोस