अमेरिकी डिभी चिठ्ठा विजेताहरुको भिसा कहिलेसम्म आउँछ ?

काठमाडौं । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले डिसेम्बरको भिसा बुलेटिन जारी गर्दै डिभी विजेता नेपालीहरुलाई डिसेम्बरमा २७५० र जनवरीमा २८२५ केसमा सिमाबन्दी गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण चालु आर्थिक बर्ष डिभी विजेताहरुले डिसेम्बरभर भिसा पाउनसक्ने सम्भावना नरहेपछि कार्यकारी आदेश नथपिएको खण्डमा उनीहरुले जनवरीमा भने भिसा पाउन सक्नेछन् । तर त्यसका लागि दूतावास खुल्न जरुरी छ ।अमेरिकामा हुने डिभी विजेता नेपालीहरुले भने स्टाटस एड्जस्ट गर्न सक्नेछन् ।

अर्थात् अमेरिकामा हुने डिभी विजेता नेपालीहरुको केस नम्बर २८२५ भन्दा अगाडि नै छ भने उनीहरुले जनवरीमा आफ्नो स्टाटस एड्जस्ट गर्न सक्नेछन् ।जनवरीपछि कार्यकारी आदेश नथपिएको खण्डमा अक्टोबर, नोभेम्बर र डिसेम्बरमा योग्य ठहर गरिएका केस नम्बर हुनेहरुले प्राथमिकताका आधारमा भिसा पाउन सक्नेछन् । भिसा जनवरी अगाडि प्राप्त नहुने भएतापनि त्यस अगाडिका सबै प्रकृया पूरा गरेर आफ्नो आवेदन भिसा अन्तरवार्ताका लागि तयार राख्न कानुन व्यवसायीहरुले सुझाव दिएका छन् ।डोनाल्ड ट्रम्पको कार्यकाल जनवरी २० सम्म कायम रहने भएकाले त्यो अगाडि ट्रम्पले कार्यकारी आदेशको अवधि लम्बाउन सक्नेसमेत सम्भावना रहेको छ ।

जो बाइडेनले कार्यभार सम्हालेपछि भने ट्रम्पका कार्यकारी आदेशहरु उल्टाउन सक्नेछन् ।पासपोर्ट अनिवार्य गरिएपनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए ।उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए ।उनीहरुले गत बर्षको अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए ।

४ लाख २१ हजार ७ सय ६५ जना आवेदकहरुमध्ये डिभी लोटरीका लागि भने जम्मा ३८०१ जना नेपालीहरु छनौट भएका थिए ।आर्थिक बर्ष २०२२ का लागि यही अक्टोबर ७ देखि नोभेम्बर १० सम्म डिभी लोटरी भरेकाहरुको नतिजा नतिजा सन् २०२१ को मे ८ मा आउनेछ । उनीहरुले सन् २०२१ को अक्टोबरबाट भिसा पाउन सक्नेछन् । खसोखास