एकता भएका पार्टी फुट्नु कुनै नौलो कुरा होइन : नेकपा उपाध्यक्ष गौतम

तुलसीपुर / नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता हुनु र फुट्नु सृष्टिको नियम भएको बताएका छन् । दाङको तुलसीपुरमा भएको पार्टीका नेता तथा कार्यकर्तासंगको भेटमा उनले पछिल्लो समय पार्टी भित्र देखिएका समस्याको विषयमा बोल्दै पार्टी एकता भएपछि फुट्न पनि सक्ने बताए ।आफु सधै पार्टी एकताको पक्षमा भएको स्पष्ट पार्दै उपाध्यक्ष गौतमलले एकतापछि फुट्नु र जन्मेपछि मर्नु सृष्टिको नियम भएको बताए । पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पाना आफ्नो सपना भएको बताउदै ६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा दरोका साथ मिलाउने पक्षमा रहेको बताए ।

आफुले अहिलेसम्म कुनै गुटवन्दी नगरेको दाबी गदैै सबै यतिबेला पार्टी एकताको पक्षमा हुनुपर्ने बताए ।उपाध्यक्ष गौतम दाङको हापुरमा आफन्तको घरमा व्यक्तिगत भेटघाटका लागि आएका थिए ।सो अवसरमा नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भिरतका साथ लाग्न सुझाव दिए ।सो अवसरमा तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले दंगाली जनताको चाहना पार्टी एकता नै भएको बताउँदै समग्र तुलसीपुरको परिचयसमेत गराएका थिए ।कार्यक्रमको सहजीकरण नगर प्रवक्ता श्याम डाँगीले गरेका थिए ।