राजा वीरेन्द्रको निजी निवास सबैका लागि खुला

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्रीसदन’ आइतबारबाट नागरिकका लागि खुला भएको छ। आज दिउसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबारभित्रको श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शुभारम्भ गरेका छन्। आइतबारदेखि नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका साथै ग्यारेज र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ। कोरोना भाइरसका कारण लकडाउन सुरु भएलगत्तै नारायणहिटी दरबार सं’ग्रहालय अवलोकनका लागि ब’न्द गरिएको थियो।

आइतबारबाटै संग्राहालय पुनः खुला गरिँदै छ। सन् १९३९ मा तत्कालीन राजा त्रिभुवनलाई हिटलरले उपहारस्वरूप दिएको गाडी पनि सर्वसाधारणका लागि खुला गरिने भएको छ। हवाईजहाज र हेलिकप्टरसमेत प्र’दर्शनीमा राखिने भएको छ । एउटै टिकटबाट नयाँ खुला हुने स्थान पनि अवलोकन गर्न पाइनेछ। श्री सदन निवास दरबार ह’त्याका’ण्डअघि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार नीराजन शाहको निजी निवासको रुपमा प्रयोगमा थियो। भनिन्छ श्री सदन राजा वीरेन्द्रकै डि’जाइनमा बनाइएको थियो ।२०२३ सालमा बनेको यो तीन तले भवनमा १२ वटा कोठा छन् ।

भुइँतलामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय थियो। भान्सा कोठा, खाना खाने कोठा, म’दिरा पि’उने बा’र र विश्राम गर्ने कोठा पनि भुइँतलामै छ। तत्कालीन युवराज दीपेन्द्र पनि भुइँतलामै बस्दथे । उमेर पुगेपछि अ’लग बस्नुपर्ने नियमअनुसार दीपेन्द्र श्री स’दनबाट त्रिभुवन स’दनमा सरेका थिए। त्यसपछि उनको कोठा खाली थियो। श्री सदनको पहिलो तलामा राजा वीरेन्द्र सुत्ने कोठा र रानी ऐश्वर्यको कोठा छन्। रानी ऐश्वर्यको कोठामा उनले हेर्ने गरेको टेलिभिजन, गीतका क्यासेट र क्यासेट प्ले’यर छन् । दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन्।

मोटर ग्या’रेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी राखिएको छ। यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गा’डी पनि अवलोकन गर्न पाइने छ। त्यहाँ दीपेन्द्र, श्रुती र निराजनका खे’लौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइने छ। श्रीसदनबाटै गणतन्त्र स्मा’रकमा जान सकिन्छ। तर अहिले बीचमा पर्ने टु’कुचा खोलामा पुल नबनिसकेकाले नारायणहिटी दरबारबाट बा’हिरिएर नागपोखरी नजिकको पूर्वी गेटबाट ग’णतन्त्र स्मारक प्रवेश गर्नुपर्दछ।