चिनियाँ रक्षामन्त्री मंसिर १४ गते नेपाल आउँदै

काठमाडौँ ।चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो ।चीनले रक्षामन्त्री नेपाल आउने विषय नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयललाई जानकारी गराइसकेको छ। चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण निश्चित भएपछि सरकारले भ्रमणको तयारी समेत गरेको छ ।गत वर्ष अक्टुवरमा चिनियाँ राष्ट्रपति सि जीनफिङको नेपाल भ्रमणपछि रक्षामन्त्री वेइ फेङह नेपाल भ्रमणमा आउन लागेका हुन् ।

एक वर्ष यता भारतले सुरक्षा कुटनीतिलाई महत्व दिइरहेका बेला चीनले पनि रक्षामन्त्री नेपाल भ्रमणका पठाएको हो ।भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन् ।