नेपालको भूमीबाटै मानसरोवर र कैलाश पर्वतको अवलोकन गर्न सकिने

काठमाडौं, नेपालको भूमीबाट पनि चीनको मानसरोवर र कैलास पर्वतको अवलोकन दर्शन गर्न सकिने भएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमि लाप्चा भञ्याङबाट चीनको स्वा’शासित क्षेत्र पु’राङ का’उन्टीमा रहेको मानसरोवर कैलाश द’र्शन गर्न सकिने भएको हो ।हुम्लाको लिमि लाप्चालाई सम्भावित पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सके मानसरोवर कैलाश दर्शन अझ सहज हुने र नेपालमा पर्यटन प्रबर्द्धन हुने सम्भावना बढेको छ । कोरोना भाईरस संक्रमणको कारण सात महिनादेखि ह्’ल्सिा ना’का ब’न्द भएपछि बाह्‍य पर्यटक चीनको मानसरोवर कैलाश दर्शन गर्नेको संख्या यो वर्ष शुन्य भएको छ ।

लामो लकडाउनले गर्दा प्रत्येक वर्ष सातदेखि १० हजारसम्म हुम्लाको हि’ल्सा ना’का हुदै चीनको मानसरोवर कैलाश दर्शन गर्ने आउने भारतीय भ’क्तालु यो वर्ष शुन्य भएको हो ।चीनको मानसरोवर कैलाश जाने हि’ल्सा ना’कामा रो’क लगाएपछि नेपालकै लि’मी लाप्चबाट मानसरोवर कैलाश दर्शन गर्ने आन्तरिक पर्यटकको संख्या भने बढेको छ ।उत्तरी नाम्खा गाउँपालिका(६ को लिमि लाप्चाबाट मानसरोवर कैलाश एकपटक दृश्यावलोकन गर्ने मिल्ने भएपछि आन्तरिक पर्यटकहरु धमाधम लाप्चा पुग्न थालेका हुन् ।पछिल्लो समय कोरोना संक्रमण ब’ढेपनि हुम्ला जिल्लाका विभिन्न स्थानबाट लि’मि लाप्चा हुदै मानसरोवर कैलाश दर्शन गर्ने ठुलै भि’ड लाग्ने गरेको छ ।