कोरोनाको खोप खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन गरेको छ। त्यसका लागि आर्थिक स्रोत जु’टाउन छलफल सुरु गरिएको छ। १२ वर्ष माथिका ना’गरिकका लागि ६० अर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ। ‘८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने, ‘सबैभन्दा पहिला कुन खोप आउँछ ? त्यो खोप कति महँगो हुन्छ ? त्यसका आधारमा पनि बजेट भर पर्छ।’

प्रवक्ता गौतमका अनुसार अमेरिका, बेलायत, चीन, रुसलगायत मुलुकमा परीक्षण भइरहेका खोपमध्ये प्रभावकारिता र गुणस्तरका आधारमा खरिद गरिनेछ। निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दा’तृ निकायका साथै विकास साझेदारको पनि सहयोग लिने योजना छ। ‘सम्बन्धित मुलुकको सरकारसँग समन्वय गर्ने र नेपालमा उपलब्ध गराइने आर्थिक सहयोगको केही प्रतिशत खोपलाई छु’ट्ट्याइदिन आग्रह गर्नुपर्ने हो कि ? विभिन्न मो’डालिटीमा छलफल गरिरहेका छौं’, प्रवक्ता गौतमले भने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएकाे छ ।

खोप प्र’भावकारी रहेको पुष्टि हुनेबित्तिकै नेपाल ल्याउन सरकारले अर्थ, परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयका सचिव स’म्मिलित स’मिति ग’ठन गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक तथा खो’पविज्ञ डा. श्यामराज उप्रेतीको ने’तृत्वमा ग’ठित विज्ञ स’मितिले प’रामर्श गरिरहेको छ। अहिले दर्जनभन्दा बढी खोप तेस्रो चरणको क्लि’निकल प’रीक्षणमा छन्।