चिसो बढ्न थाल्यो, काठमाडौँमा आजको तापक्रम कति ?

काठमाडौं । पहाडी एवं हिमाली भेगमा चिसो बढ्न थालेकाे छ । हिमाली क्षेत्रहरूमा तापक्रम माइनसभन्दा तल गइसकेकाे अवस्थामा काठमाडौं उपत्यकाको तापक्रम पनि घट्न थालेकाे छ ।काठमाडाैँ उपत्यकामा आज बिहान साढे ६ बजेको तापक्रम ६.५ डिग्री सेल्सियस मापन भएकाे छ । यद्यपि यसअघि शुक्रबार काठमाडाैँमा वर्षकै न्यून तापक्रम ५.५ डिग्री मापन भएकाे थियाे ।उता जुम्ला र जाेमसाेमकाे तापक्रम क्रमशः -४.९ डिग्री र -५ डिग्री मापन भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार अहिले बिहान काठमाडौं उपत्यकाको मौसम सफा रहे पनि दिउँसो बदली हुनेछ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएकाे छ । विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली भोगमा मौसममा बदली हुने महाशाखाकाे भनाइ छ ।राति पनि देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।