अमेरिकाको क्यालिफोर्नियामा क’र्फ्यु

एजेन्सी । कोरोना भाइरसको स’ङ्क्रमण ब’ढ्दै गएपछि अमेरिकाको क्या’लिफोर्नियामा क’र्फ्यु लगाइएको छ । क’र्फ्यु गएरातिदेखि लागू भएको युएसए टुडेले जनाएको छ ।हिजोदेखि स्थानीय समयअनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म क’र्फ्यु जा’री रहनेछ । यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा ब’ढ्न पनि सक्ने खबरमा उल्लेख छ ।गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै सङ्क्रमण देखिएको थियो । तर अहिले त्योभन्दा पनि धेरै सङ्क्रमण दैनिक रुपमा देखिन थालेको छ ।

अमेरिकामा पछिल्लाे २४ धण्टामा १ लाख ७२ हजार ८ सय ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १ हजार ४ सय ६० जनाकाे मृ’त्यु भइसकेकाे छ ।अहिलेसम्म अमेरिकामा १ कराेड २४ लाख ५० हजारभन्दा बढी काेराेना संक्रमित भएका छन् । त्यहाँ २ लाख ६१ हजार ७ सय ९० जनकाे काे’राेनाबाटै ज्या’न गइसकेकाे छ ।अहिले अमेरिकाकाे धेरैजसो रा’ज्यहरुमा सङ्क्रमण ब’ढ्दो क्रममा छ । पछिल्लाे २४ घण्टामा सबैभन्दा बढी संक्रमित क्या’लिफोर्नियामा नै भेटिएका छन् । शनिबार क्या’लिफोर्नियामा १३ हजार २ सय ७८ सं’क्रमित फेला परेका छन् ।

अहिलेसम्म क्या’लिफोर्नियामा ११ लाख ७ हजारभन्दा बढी संक्रमित फे’ला परेकाे छ भने १८ हजार ६७८ जनाकाे मृ’त्यु भइसकेकाे छ । अमेरिकाकाे रा’ज्यहरूमध्ये काेराेना संक्रमित र मृ’त्यु हुनेमा क्या’लिफोर्निया दाेस्राे स्थानमा रहेकाे छ । ११ लाख ७२ हजार संक्रमित र २१ हजार ८८ मृ’त्यु भएकाे टे’क्सस् पहिलाे नम्बर रहेकाे छ ।