८औं सागमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ओखलढुंगाका होम बहादुर थापाको निधन

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व केन्द्रिय कोषाध्यक्ष श्री होम बहादुर थापाको ५८ बर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा मंसिर १ गते नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीमा निधन भएको हो ।थापाले रोखेपमा वि.सं २०५१ मा राखेपको केन्द्रिय कोषाध्यक्षमा नियुक्त हुनुभएको थियो । पछिल्लो समय थापाको स्वास्थयमा जटिल समस्या देखिएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।२०५३–५४ मा नेपालमा भएको ८औं दक्षिण एशियाली खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न थापाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

वि.सं २०१८ सालमा ओखलढुंगाको गामनाङ्गटारमा जन्मनु भएका थापाको परिवारमा एक श्रीमती र दुई छोरा छन् ।थापाले राखेपबाहेक ग्रामिण आवास कम्पनीको महाप्रबन्धकको रुपमा पनि जिम्मेवारी निर्वाह गर्नुभएको थियो । थापालाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रीपरिषदले २ वर्षको कार्यकालको लागि ग्रामिण आवास कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।थापाको झन्डै एक दर्जन बढी ब्यापारिक तथा सामाजिक संस्थाको प्रमुख, संस्थापक र सल्लाहकारका रुपमा आबद्धता रहेको थियो ।