काठमाडौं । कोरोना नि’यन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ग’ठन गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम अ’भाव भएको छ । कोरोना म’हामारी सुरु भएसँगै यसको रो’कथाम, नि’यन्त्रण र उपचारमा सहयोग पु-याउने उद्देश्यले प्रधानमन्त्री कार्यालयले राष्ट्रिय यो’जना आयोगका उपाध्यक्षको अध्यक्षतामा कोरोना संक्रमण रो’कथाम, नियन्त्रण तथा उपचार को’ष स्थापना गर्दै रकम संकलन गरेको थियो ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

कोषमा रकम अ’भाव भएपछि कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय यो’जना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा हालै बसेको १२औं बैठकले कोषका लागि सरकारसँग थप १ अर्ब रुपैयाँ मा’ग गर्ने नि’र्णय गरेको छ ।बैठकले प्रधानमन्त्री दै’वी प्र’कोप स’हायता कोषमा रहेको रकमबाट १ अर्ब रुपैयाँ उ’पलब्ध गराउन प्रधानमन्त्री दै’वी प्र’कोप स’हायता को’ष सञ्चालक समितिलाई अनुरोध गर्ने नि’र्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार सहायता को’षमा अहिले झन्डै ४ अर्ब रुपैयाँ रहेको छ ।

सो ४ अर्बबाट कोषले १ अर्ब रुपैयाँ माग गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सो कोषमा जम्मा भएको २ अर्ब ७७ करोड रुपैयाँमध्ये हालसम्म २ अर्ब ४५ करोडभन्दा बढी रकम सकिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न तथा संक्रमितको उपचारका लागि भन्दै सरकारी कर्मचारी तथा विभिन्न सं’घसंस्थाले सो कोषमा रकम सहयोग गरेका थिए । पछिल्लो समयमा कोषमा सहयोग गर्ने दा’ताहरूको संख्यामा कमी आएपछि कोषमा रकम अ’भाव भएको हो । हाल कोषमा झन्डै ३० करोड रुपैयाँ मात्रै मौ’ज्दात छ ।

कोषमा संकलन भएको रकम सरकारले कोरोनाबाट प्र’भावित भएकाहरूको उपचार गर्न तथा विभिन्न स्थानीय तहमा क्वा’रेन्टिन र अस्पताल निर्माणका लागि स्थानीय तहमा पठाउँदै आइरहेको छ भने औ’षधि खरिदका लागि सेना तथा स्वास्थ्य मन्त्रालयलाई समेत रकम उपलब्ध गराउँदै आइरहेको छ ।यसैगरी सो कोषबाटै प्रदेश सरकारलाई पनि कोरोना नियन्त्रणका लागि रकम नि’कासा गर्दै आएको छ । सुरुमा सो कोषमा विभिन्न प्र’तिष्ठित सं’घसंस्थाले उल्लेख्य सहयोग गरेका थिए तर अहिले आएर कोषमा सहयोग गर्नेहरू समेत उ’त्साहित छैनन् ।

सरकारी कर्मचारीले पनि आफ्नो तलबबाट क’टाएर कोषलाई सहयोग गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाउने त’लब सुुविधा सुरुदेखि नै सो कोषलाई प्र’दान गर्दै आइरहेका छन् । कोषमा रकम जम्मा हुनेभन्दा कोषबाट नि’कासा हुने क्रम ब’ढेकाले कोषमा रकम अभाव भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।