प्रधानमन्त्री ओली र सभापति देउवाबीच तीन घन्टा भेटवार्ता: भेट अ’र्थपूर्ण तर विषय गो’प्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) आन्तरिक वि’वादमा फ’सिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लै भे’टघाट चलिरहेको छ ।शनिबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले करिब तीन घन्टा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल र भेटवार्ता गरेका छन् ।भेटमा काँग्रेसको तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सा’मेल भएको बताइएको छ ।

कांग्रेस शीर्ष नेताहरुसँगको भेटघाटलाई ना’गरिक अ’गुवा, पत्रकार साथै विश्लेषकहरुले विभिन्नखाले टिप्पणीहरु गरिरहेका छन् । नेकपाभित्र वि’ग्रह सुरु भएपछि सत्ता स’हयात्राका लागि भेटवार्ता भएको पनि भनिएको छ ।नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले नेपाली कॉग्रेसले प्रधानमन्त्री ओलीको नेकपा स’मूहसॅग सा’झेदारी गर्नसक्ने सं’भावनाका सं’केतहरु देखापरेको बताएका छन् ।उनले नेकपा भित्र लोकतन्त्रको सबालमा प्रचण्ड-माधव गु’टभन्दा ओली गु’ट उ’दार हो कि भन्ने लागेको देखियो। तर विगत तीन वर्षमा लो’कतन्त्रका मूल्यहरुमा ओली स’मूह र स्वयम् कॉग्रेस पनि चु’केको पनि दाहालले ट्वीटरमा लेखेका छन् ।

देउवासँग शुक्रबार भारतीय राजदूत विनयमोहन क्वात्राले बूढानीलकण्ठमा भेटेको भोलिपल्ट बालुवाटारमा भएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र नेका सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण ढंगले हे’रिएको छ ।यद्यपी, ओलीले देउवालाई रि’क्त रहेका सं’वैधानिक नि’काय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न भन्दै बो’लाएका थिए ।ओलीले देउवासँग सं’वैधानिक नि’युक्तिका विषयमा यसअघि पनि पटक पटक भेटेका छन् । तर, भा’गवण्डामा कुरा मिल्न सकेको छैन ।