चारै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् ।सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया मात्र भएको भनेको छ ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाकाले भने यो नियमित छलफल मात्रै हो भएको बताएका छन् ।

यस अघि हिजो सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला कांग्रेस सभापतिसँग शनिबार दिउँसोको भेटलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ। संवैधानिक रिक्त पदमा नियुक्तिका विषयमा छलफल गर्न भनेर ओलीले देउवासँग सत्ता साझेदारीको विषयमा कुरा गरेको बताइएको छ।