निशासँग सुरेशले कसे लगनगाँठो

काठमाडौं, फिल्म निर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेल बैबाहिक बन्धनमा बाँधिएका छन्। उनले बिराटनगर निवासी निशा कार्कीसँग मंसिर ५ गतेका दिन विवाह गरेका हुन्।देशमा कोरोनाले आक्रान्त पारिरहेको बेला सिमित आफन्त र केही निकट साथीभाईलाई साक्षी राखी बिराटनगर पुगेर निर्देशक पोखरेलले निशाको सिउँदो भरेका हुन्। उनको विवाहमा फिल्म क्षेत्रबाट अभिनेता दिलिप रायमाझीको उपस्थिती थियो। पेशाले नर्श रहेकी निशासँग दर्पणको बिगत १ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो।

बिगत केहि बर्षदेखि अमेरिकामा बस्दै आएका निर्देशक पोखरेलले ‘निशाना’, ‘भूल भए माफ गर’, ‘कस्लाई दिऊँ यो जोवन’, ‘मिस यू’, र ‘थ्री लभर्स’ फिल्म निर्देशन गरेका छन्। उनी, केही बर्षदेखि अमेरिकाको ग्रिन कार्ड लिएर उतै बसिरहेका छन् ।अमेरिकामा रहेर पनि उनले केही म्यूजिक भिडियोको निर्देशन भने गरेका छन् ।