पाँच वर्ष कांग्रेस सरकारमा सहभागी नहुने

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी पाँच वर्ष पार्टी सरकारमा सहभागी नहुने दा’बी गरेका छन्। सत्तारुढ नेकपामा आन्तरिक वि’वाद च’र्किएर पार्टी नै विभाजन हुने अवस्था सिर्जना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहकार्यका लागि सभापति देउवालाई प्रस्ताव गरेको समाचार बाहिरिए पनि शर्माले पनि सरकारमा सहभागी हुने योजना नभएको प्रष्ट पारेका हुन्। शनिबार बालुवाटारमा भएको भेटमा ओलीले नेकपा वि’भाजन हुने ज’नाउ दिँदै देउवालाई आठवटा मन्त्रालय लिएर आफू नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

प्रष्ट जवाफ नदिई बालुवाटारबाट देउवा बाहिरिए पनि आइतबार प्रवक्ता शर्माले ट्वीटमार्फत सरकारमा नजाने बताएका हुन्। उनले पाँच वर्ष कांग्रेसलाई प्र’तिपक्षमै बस्ने ज’नादेश भएकाले ओलीलाई कांग्रेस सांसदको टाउको न’गन्न सुझाव दिएका छन्। उनले भनेका छन्, ‘भ्र’म कोही कसैलाई केही छ भने पाँच वर्ष वि’पक्षमा बस्ने प्रष्ट ज’नादेश छ कांग्रेसलाई। अत कुनै पनि भ’ड्कावबाट टाढा छौं, रहनेछौं। नेकपाको द्व’न्द्वसँग वि’लकुल नि’रपेक्ष छौं। अत यता या उताको जो’ड घ’टाउमा कांग्रेसको शि’र ग’न्ने धृ’ष्टता कोहीबाट नहोस्, स’जग गराउँदछौं।’