नहर आसपास घर–टहरा बनाउने क्रम बढ्दो

इटहरी , पाँच वर्षअघि सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहर आ’सपास बनाएका बग्रेल्ती घर–टहरा सरकारी निकायले हटाएपछि रामधुनी वडा नं. ५ का धुव्र तामाङ् पाँच महिनासम्म डेरा बसे। डेरा बस्दा नियमित भाडा तिर्ने पैसा भएन। पुनः पहिले घर–टहरा भत्काएको स्थानमै आएर त्रिपाल टा’गेर बसे। दुईपटकसम्म प्रहरीले लेखटियो र त्रिपाल टा’गेर बसेको स्थान पनि भ’त्काई दियो। ठाउँ सार्दै सार्दै तेस्रोपटक दह्रै गरि बासको घर बनाएर बसे। अनि, विस्तारै उनले बनाएको घरदेखि पूर्वतर्फ पनि अरु थपिए। अहिले त थुप्रै घरहरु बनीसकेका छन्।

धुव्र नहरको छेउमा बसेको ३० वर्ष वितिसकेको छ। म’जदुरी गर्ने क्रममा नारायणगढबाट पूर्व आएका उनी झुम्का नहर छेउमा घर बनाएर बसेरै परिवारको गु’जारा टारे। दुई छोरीको विवाह भइ सकेको भने दुईवटा छोरी पनि अलगै घरजम गरेर बसेका छन्। धुव्र सँग श्रीमती छिन्। ‘छोराहरु छुटै घरजम गरेर बसेका छन्, अब बाँचुन्जेलसम्म नहरको डिल छा’डेर अन्यत्र गएर बस्ने उपाय छैन,’ उनले गुनासो गरे। धुव्रजस्तै, उर्मिला चौधरीको पनि घर भत्काएपछि केही महिना डेरा बसिन्। बिहान बेलुकाको गर्जो टा’र्नै स’मस्या थियो ।जसले गर्दा भाडा तिर्न ज’टिलता हुने नै भयो।

भाडा तिर्न नसकेपछि स्थानीय राजनीतिक दलका नेताले संरक्षण दिने वचन दिएपछि पहिला घर भत्काएकै स्थानमा पुनः घर बनाएर बस्दै आएकी छन्। ‘घर भएपछि श्रीमानले फर्निचर उद्योगमा काम गरेकाले गर्दा खान भने पुग्छ,’ उनले भनिन्। २०७२ सालमा सुनसरी बराहक्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङसम्मको क्षेत्रमा पाँच हजार पाँच सय भन्दा बढी घर–टहरा भ’त्काइएका थिए। घर–टहरा ह’टाउन आयोजनाले पटकपटक सूचना गर्दा पनि अ’टेर गरेपछि अन्तिममा सुरक्षाकर्मी परिचालन गरि डोजर लगाएर घर–टहरा भ’त्काएको थियो।

तर, पछिल्लो समय फेरि अतिक्रमित जमिन खाली गराउन पहल नहँुदा घर–टहरा बन्दा छन्। सुनसरी– मोरङ सिँचाइ अयोजनाले नहरको डिलमा कुनै प्रकारको अ’तिक्रमित गतिविधि नगर्न पटक–पटक सार्वजनिक सूचना नै जारी गर्ने गरेको छ। तर सिँचाइ आयोजनाको आ’ग्रहलाई अ’टेर गर्दै सुनसरीको चतरादेखि मोरङको केरौनसम्म घर–टहरा बनाइएका छन्। सिँचाइ आयोजनाको ६८ हजार हेक्टर जमिनमा दायाबाया ६० मिटर परसम्म जमिन रहेको छ। त्यही खाली जग्गाको नहर आसपास घर–टहरा बनाउने क्रम बढ्दो छ।

सुनसरीको चतराबाट मोरङको केरौनसम्म ५३ किलोमिटर नहरको डिलमा घर टहरा बनाउने क्रम न’रोकिँदा नहर सां’घुरिँदै गएको छ। अन्न उत्पादनका लागि सुनसरी र मोरङ पूर्वकै उर्वरभूमि मानिन्छन्। नहर दिनानुदिन साँ’घुरिएकाले गर्दा खाद्यान्न उत्पादनमा कमी आउने गर्छ। चतरा नहरले सुनसरी–मोरङको एक लाख दुई हजार विघा खेतीलाई सि’ञ्चित गर्ने गर्छ। नहर वि. सं १९६७ सालमा बनाइएको हो। नहर आ’सपास निर्माण भइरहेका घर–टहरा ह’टाउन सिँचाई आयोजना, स्थानीय तह र प्रशासन बीच समन्वय अ’भाव देखिएको छ। नागरिक