घु’स ले’नदेन हुने देशको सूचीमा नेपाल १०७ औं स्थानमा

काठमाडौं। घू’स ले’नदेन व्या’पक हुने देशको सूचीमा नेपालले अघिल्लो वर्षको तुलनामा ९ स्थान सु’धार गरेको छ । कूल १९४ देशहरुमा भएका भ्र’ष्टाचारजन्य घ’टनाहरुको वि’श्लेषणका आधारमा तयार पारिएको सू’चीमा नेपाल १०७ औं स्थानमा रहेको ट्रे’स ब्रा’इबरी रि’स्क म्या’ट्रिक्सले देखाएको छ ।यद्यपि नेपालले २ वर्षअघि हा’सिल गरेको स्थान भने गु’माएको छ र अहिले पनि त्यो स्थानमा आ’इपुग्न सकेको छैन । नेपाल सन् २०१८ को मे’ट्रिक्समा २ सय देशहरुको सूचीमा १०३ औं स्थानमा थियो ।

त्यसको एक वर्षअघि २०१७ मा २०० देशको सूचीमा नेपाल ११० औं स्थानमा थियो । गएको वर्ष २०१९ मा नेपाल धेरै ख’स्किएर २०० देशको सूचीमा ११६ औं स्थानमा पुगेको थियो । सन् २०२० मा नेपालले आफ्नो स्थिति सुधार गर्दै १०७ औ स्थानमा आइपुगेको छ ।२०२० को सूचीमा शीर्ष स्थानमा अर्थात सबैभन्दा कम घु’स ले’नदेन हुने देशको रुपमा डे’नमार्क परेको छ । दोस्रोमा नर्वे, तेस्रोमा फि’नल्याण्ड, चौथोमा स्वेडेन, पाँचौंमा न्यूजिल्याण्ड, छैटौंमा नेदरल्याण्ड, सातौंमा स्वीजरल्याण्ड, आठौंमा जर्मनी, नवौंमा बेलायत र दशौंमा आइसल्याण्ड छन् ।

नेपालका छि’मेकी दे’शहरु भारत ७७ औं स्थानमा , चीन १२६ औं स्थानमा , भुटान ४८ औं स्थानमा , पाकिस्तान १५३ औं स्थानमा , बंगलादेश १६६ औं स्थानमा र श्रीलंका ८७ औं स्थानमा छन् । मा’ल्दिभ्सलाई सू’चीमा स’मावेश ग’रिएको छैन ।