अझै खुल्दैनन् उपत्यकाका विद्यालय

काठमाडौं। कोरोना भाइरसको ह’टस्पट बनेको राजधानी उपत्यकामा त’त्काल विद्यालय खोल्न सक्ने अवस्था नरहेको उपत्यका मेयर फो’रमले नि’ष्कर्ष निकालेको छ ।मेयर फो’रमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिलेको अवस्थामा विद्यालय खो’ल्न सक्ने सम्भावना कम रहेको बताउनुभएको छ ।चिसो मौसममा कोरोना संक्रमितको संख्या ब’ढ्न सक्ने आकलन गर्दै यो विषयमा तत्काल निर्णय लिनसक्ने अवस्था नभएको मेयर फो’रमले नि’ष्कर्ष नि’कालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको अवस्थाको विश्लेषण गरी विद्यालय खोल्ने वा ब’न्द गर्ने अधिकार स्थानीय तहलाई दिएपछि फो’रमले उक्त निष्कर्ष नि’कालेको हो । मन्त्रालयले करिब डेढ साताअघि का’र्यढाँचा सार्वजनिक गरी विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई सु’म्पेको थियो ।तत्काल विद्यालय खोल्ने वा नखोल्ने विषयमा महानगरले नि’र्णय गर्ने मेयर शाक्यले बताउनुभयो । उपत्यकाका तीन जिल्लाका विद्यार्थी तीनवटै जिल्लामा रहेका विभिन्न विद्यालयमा पढ्न जाने भएका कारण सबैको एउटै धारणा हुनुपर्ने मेयर शाक्यले बताउनुभयो ।

‘पहिला उपत्यकाको अवस्थाबारे अध्ययन गर्छौं, त्यसपछि निर्णय गर्ने छाैँ,’ उहाँको भनाइ थियो । मेयर शाक्यका अनुसार विद्यालय खुला गर्नुअघि कार्यविधि अध्ययन गरी वि’ष्लेषण गर्ने र त्यसपछि सा’मूहिक नि’र्णय गर्ने तयारी गरेको छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।