आज पनि सुन तोलामा १०० ले घट्यो

काठमाण्डाै – सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको छ ।तोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य तोलाको ९१ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजावी सुन पनि आज तोलामा एक हजार रुपैयाँले नै घटेर ९१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर ११ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।हिजो पनि सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँ घटेको थियो ।

कोरोना भाइरस विरुद्धको खोप सफल हुन लागेका खबर तथा अमेरिका नयाँ राष्ट्रपतिले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक प्रभाव पार्ने यसअघिका विभिन्न निर्णयहरु उल्टाउने संकेत देखिएपछि सुनको भाउ घट्न थालेको सुन व्यवसायीहरु बताउँछन् ।अहिले विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ।