मुख्यमन्त्री राईकै संलग्नतामा क्रिस्चियन धर्म प्रचार, प्रतिकारमा उत्रिए विद्यार्थी

इटहरी। क्याम्पस परिसरभित्र धर्मको प्रचार गर्दा विद्यार्थीहरूले वि’रोध गरेका छन्। आइवार इटहरीको जनता बहुमुखी क्याम्पसको खेल मैदानमा अध्ययनलाई नै प्रभावित पार्ने गरी इसाइ समाजले कार्यक्रम आयोजना गर्दा विद्यार्थीले विरो’ध गरेका हुन् । मुख्यमन्त्री शेरधन राई स्वयम् प्रमुख अतिथि रहेको कार्याक्रममा शैक्षिक गतिविधि प्रभावित भएपछि विद्यार्थी नेताहरूले वि’रोध गरेका थिए ।‘शैक्षिक संस्था शान्ति क्षेत्र हो, क्याम्पस प्रमुखलाई के काम गर्न हुन्छ, हुँदैन भनेर हामीले जानकारी गराएका छौं,’ नेविसंघ सभापति सहदेव काफ्लेले भने, ‘धर्मबारे प्रचार गर्न उचित भएन ।’

नेविसंघ सभापति महदेव काफ्ले, अनेरास्ववियु अध्यक्ष किरण विष्ट, अखिल क्रान्तिकारी अध्यक्ष सागर धमला, नयाँ शक्तिका संयोजक प्रवीण दाहाल, नेविसंघका उपसभापति संगीत सन्तोष, सहसचिव सोमनाथ घिमिरे लगायतलाई प्रहरीले आइतवार क्याम्पस हाताभित्रबाटै पक्रा’उ समेत गरेको थियो । उनले शैक्षिक संस्था विथोल्ने गरी कुनै पनि धर्म, राजनीतिका कार्यक्रम गर्न नहुने तर्क गरे ।समाजवादी विद्यार्थी फोरमका अध्यक्ष चन्द्रै किराँतीले आफ्रूले क्रिस्चियन धर्मबारे विरो’ध गरेको नभई शैक्षिक गतिविधि बिथोलेकामा वि’रोध गरेको बताए ।

उनले भने, ‘हामीले कुनै पनि धर्मको वि’रोध गरेका होइनौं, क्याम्पस प्रशासनको हाताभित्र धर्मको कार्यक्रम किन गरियो ?’ अनेरास्ववियुका अध्यक्ष किरण विष्टले कुनै पनि विद्यार्थी संगठनको अनुमतिबिना नै धर्मको कार्यक्रम गर्ने र प्रहरीका बल प्रयोग गरी प’क्राउ गरिनु खेदजनक रहेको तर्क गरे ।साथै, सोमवार एक विज्ञप्ति जारी गर्दै विद्यार्थी नेताले क्याम्पसमा निषेध जारी गरेका छन् ? क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, व्यवस्थापन समिति अध्यक्ष रेवतीरमण भण्डारी, सहायक क्याम्पस प्रमुख गीता अधिकारी, युवराज सिटौला, टोलनाथ काफ्लेलाई क्इाम्पसमा निषेध गरिएको हो । राजधानी दैनिकमा खबर छ।