चकलेटको खोल र मोबाइलभित्र लु’काएर ल्याएको सुनसहित इद्र बहादुर पक्राउ

काठमाडौं – चकलेटको खोलमा लु’काएर ल्याएको अ’वैध सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम घर भएका इद्र बहादुर बोहोरा रहेका छन् ।दुवईबाट एयर अरेबियाको विमानमा काठमाडौँ आएका बोहोरा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् ।बोहोराले मोबाइलको ब्या’ट्री बक्स र चकलेटको खोलमा लु’काएर अ’वैध सुन ल्याएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले २ सय दशमलव १८० ग्राम पाता बनाएको सुन ब’रामद गरेको जनाइएको छ । त्यस्तै नेपाली बजारमा केहि दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ ।

आज तेजावी सुनको तोलामा ७ सय र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन र चाँदीको भाउ ६ सय रुपैयाले घटेको थियो भने चाँदी १५ रुपैयाँले घटेको थियो। महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सयमा किनबेच भएको छापावाल सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजावी सुनको भाउ तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ। आइतबार १ हजार १ सय ५० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ सोमबार १ हजार १ सय २० मा झरेको छ।