काठमाडौंमा नयाँ विधिबाट कोरोना परीक्षण सुरु , तुरुन्तै नतिजा थाहा पाइने

काठमाडौं, सरकारले नयाँ विधिबाट कोरोना परीक्षण सुरु गरेको छ। इ’पिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार तुरुन्तै नतिजा आउने तथा फिल्डमै धेरै जनाको परीक्षण गर्न सकिने विधि ए’न्टिजेन जाँच सुरु गरिएकाे हो। अनामनगरलगायत काठमाडौंका चार-पाँच ठाउँमा अहिले बिहान यो परीक्षण सुरु गरिएको उनले जानकारी दिए। ‘डब्लूएचओकै सहयोगमा सञ्चालन गरिएको यो निःशुल्क परीक्षण अ’भियान हो,’ डा. पाण्डेले साेमबार बिहान भने, ‘सुरुमा ए’न्टिजेन परीक्षण उपत्यकाबाट थालेका हौं।’

यो विधिका लागि स्वाब नै आवश्यक पर्ने तर आधा घण्टाभित्रमै नतिजा आउने उनले बताए। यसको ‘से’न्सिटिभिटी’ पीसीआर विधिकाे भन्दा राम्रो रहेकाले यो परीक्षण वि’श्वसनीय रहेको उनको दा’बी छ। उपत्यकामा प्र’भावकारी देखिए यो परीक्षण अभियान देशभर सञ्चलान गरिने डा. पाण्डेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा अब हरेक दिन ५ सय जनाको ए’न्टिजेन विधिबाट कोरोना परिक्षण गरिनेछ। काठमाडौं महानगरपालिकाका वडा नम्बर ४, ७ र ९ मा आज एन्टिजेन परिक्षण सुरु गरिएको उनले जानकारी दिए।

उनका अनुसार महानगरपालिकाका जोखिमयुक्त स्थान गौ’रीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा ए’न्टिजेन परीक्षण सुरु गरिएको हो। यो छिटो छरितो रूपमा कोरोना भाइरस पत्ता लगाउने एउटा विधि हो। यसका लागि पनि नाक र घाँटीबाट स्वाब लिनुपर्छ। तर कुनै प्रयोगशाला वा विशेष उपकरण चाहिँदैन। फिल्डमै गर्न सकिन्छ। डा. पाण्डेका अनुसार सानो थर्मोमिटर भन्दा अलि मोटो ला’म्चो र्या‍‍’पिड एन्’टिजेन कि’टमा एक थोपा स्वा’ब राख्दा ला’इन आयो भने व्यक्तिमा कारोनो संक्रमित छ भन्ने भन्ने थाहा हुन्छ। पीसीआर परीक्षण गर्दा नतिजा थाहा पाउन ४८ देखि ७२ घण्टासम्म लाग्छ भने यसबाट करिब आधा घण्टामै थाहा पाउन सकिने डा. पाण्डेको भनाइ छ।