धरहराको काम अन्तिम चरणमा, १९ तला ढलान सकियो

काठमाडौं । सुन्धारामा निर्माण हुँदै गरेको नयाँ धरहराको काम अन्तिम चरणमा पुगेको छ । बन्न लागेको २२ तलाकाे धरहरामध्ये २० तलाकाे ढलान हुन लागेको निर्माण कम्पनी जानकारी दिएको छ ।रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले बाँकी दुई तल्लाको काम दुईदेखि तीन महिनाको बीचमा सम्पन्न हुने बताउनुभयो । तर धरहरालाई अन्तिम रुप दिने कामको लागि केही समय लाग्नेछ । धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट बनाउने, वाइरिङ, फिनिसिङ काम पनि भइरहेको उहाँ बताउनुहुन्छ ।

सुरुमा कोरोनाका कारण काममा केही असर परेको भए तापनि काम निरन्तर भइरहेको उहाँ बताउनुहुन्छ । कोरोना कारण लकडाउनको समय र दसैं तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भइरहेको उहाँले उहाँले बताउनुभयो ।ठेक्का पाएको समयका आधारमा हामीले एक महिना अगावै सक्नु सक्नुपर्ने भए तापनि कोरोनालगायत काम गर्ने सिलसिलामा काम गर्ने साइट नपाएको कारण थप समय आवश्यक रहेको म्यानेजर इन्जिनियर श्रेष्ठ बताउनुहुन्छ । तर पनि धरहरा निर्माणको काम सम्पन्न गरेर अरु भित्रको बाँकी काम हुने दिशामा रहेकोे निर्माण कम्पनीले बताएको छ ।