फुटबल टिमकी कप्तान रेनुका विवाह बन्धनमा

काठमाडौं ।राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटी विवाह बन्धनमा बाधिएकी छन् ।रौतहट चन्द्रनिगापुरकी रेनुकाले जनकपुर शिवबानीका अभिषेक लामासँग मंगलबार विवाह गरेकी हुन् । उनीहरुबीच ७ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको छ ।राष्ट्रिय टिमको कप्तानीसमेत गरिसकेकी रेनुका मिडफिल्डर हुन् । गत वर्ष मंसिरमा पोखरामा भएको १३औं सागमा नेपालको महिला टिमले रजत पदक जित्दा रेनुका टिमकी सदस्य थिइन् ।रेनुकाले भारतमा सन् २०१६ मा भएको चौथो महिला साफच्याम्पियनसिपमा नेपालको कप्तानी गरेकी थिइन् ।

यस्तै २०१९ मा नेपालको विराटनगरमा भएको पाँचौँ महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा उनी टिममा थिइन् । रेनुका एपिएफकी महत्वपूर्ण सदस्य हुन् ।रेनुकाको विवाहमा सरिक हुन राष्ट्रिय टोली र एपिएफका सावित्रा भण्डारी, अनिता बस्नेत, हिरा भुजेल, निशा थोकर, रविना गोले, अनिता केसी, रुपा रानामगर, गिता राना, अन्जना राना मगर, अन्जली अन्जन, अनु लामा, मनिषा चौधरीलगायतका खेलाडी रौतहत पुगेका छन् ।