हो’सियार, ट्राफिक कक्षामा बस्नु पर्ला है !

काठमाडौ । के तपाई ट्राफिक लाइटलाई बे’वास्ता गरि सवारीसाधन चलाउनु हुन्छ ? होसियार, ट्राफिक कक्षामा बस्नु पर्ला है !महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक लाइट उ’ल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ ।लकडाउनअघि ट्राफिक कारबाहिमा परेका चालकहरु स्वयं बग्गीखाना गएर आफै ट्राफिक कक्षामा सहभागी हुँदै आएका थिए । कोरोना भाइरस संक्रमणको अवस्थालाई समेत मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रबिधिको प्रयोग मार्फत निरन्तरता दिने भएको छ ।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले लामो समयको लकडाउन र कोरोना संक्रमणको जो’खिम यथावत नै रहेकोले चालकहरुलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा सञ्चालन गर्दा जोखिम झन बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरुको लागि घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरेको बताए। उनले भने,“रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दु’र्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुन्छ, यस्तो प्रबृत्तिलाई नि’रुत्साहित गर्न र ट्राफिक लाइटको पुर्ण पालना गराउन का’रबाहिका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरिएको हो।’’

लामो समय देखी ब’ग्गीखानामा लिदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण ब’न्द भएको थियो । यसअघि महाशाखाले मादक पदार्थ से’वन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरुलाई मात्र ट्राफिक कक्षा लिदै आएकोमा अवदेखि ट्राफिक लाईटको बेवास्ता गरी रातो बत्तीको उ’ल्लंघन गर्ने चालकहरुले समेत अनिबार्य कक्षा लिनुपर्ने व्यवस्था गरेको छ । हाल उपत्यकाको २५ स्थानमा ट्राफिक लाईटको माध्यमबाट चोकहरुको व्यवस्थापन हुँदै आएको छ ।सचेतना कक्षा सम्बन्धि दैनिक तालिका तथा कक्षाको लिङ्क समेत महाशाखाको अफिसियल फेसबुक पेजमा प्रकाशित गरिने छ ।

ट्राफिक कारबाहीमा परि सचेतना कक्षामा अनिबार्य समावेश हुनुपर्ने चालकहरुले सोहि फेसबुक पेजको लिङ्क मार्फत निर्धारित समय भन्दा अगावै समाबेश हुनुपर्ने छ ।एक घण्टाको सचेतना कक्षामा समाबेश हुन सम्बन्धित चालकले ट्राफिक प्रहरीले दिएको चिटको नम्बर प्रयोग गरि र’जिष्ट्रेसन गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।