‘बर्थ डे केक’ खाएपछि बालुवाटारमा बाझाबाझ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स’त्रूतापूर्णतर्फ केन्द्रित भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सुरुवातदेखि अन्तिमसम्म आज शब्दवाणले बैठक प्रभावित गर्न खोजका एक सचिवालय सदस्यले बताएका छन् । उनले सचिवालय बैठकबाट नभएर बाहिरबाट निकास खोल्नुपर्ने बताएका थिए । तर, उनको यो प्रस्तावमा महासचिव विष्णु पौडेलमात्र उभिए ।सुरुवातमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई गा’ली गरेर बैठक सुरु गरेका ओलीले अन्तिममा पनि मैले भनेको नमान्ने यस्ता बैठकको काम छैन भनेर बाहिरिएका छन् ।

ओलीले बैठकमा आफू नै स’र्वेसर्वाको तरिकामा प्रस्तुत भएका सचिवालय सदस्यहरुले बताएका छन् ।बैठकमा अन्य नेताहरु भन्दा ढिलोगरी उपस्थित भएका ओलीले सुरुवातमा भने, ‘आज महासचिव कमरेडको ६२औँ जन्मदिन परेको छ, केक का’टौँ’ भनेका थिए । त्यसपछि ‘केक’ का’टेर महासचिव पौडेललाई सचिवालयका सदस्यहरुले जन्मदिनको शुभकामना दिएका थिए । पौडेलको जन्मदिनको केट का’ट्ने कार्यक्रमपछि बैठकले औपचारिकता पाएको थियो ।सुरुमा प्रचण्डले बैठक अब अगाडि बढ्छ भन्दै बैठक सुरु भएको संकेत गरेका थिए ।

त्यस लगत्तै ओलीले भने, ‘कसरी बढ्छ बैठक, एजेण्डा के हो ?’ भनेर प्रश्न गरे । त्यसको उत्तरमा प्रचण्डले भने, ‘हामीले ग’म्भीर खालका प्रस्तावहरु बैठकमा पेश गरिसकेका छौँ । हामी ग’म्भीर र ज’टिल मोडमा छौँ । तिनै ए’जेण्डामा छलफल गर्ने र निष्कर्षमा पुग्ने नै ए’जेण्डा हुन् ।’प्रचण्डलाई बोल्न रो’क्दै ओलीले फेरि आफ्नो कुरा राखे । उनले भने, ‘तपाईँले पेश गरेको प्रस्ताव नै होइन, ला’ल्छाना पत्र हो । त्यसले बैठकमा छलफल गर्ने है’सियत राख्दैन । यसको स’माधान भनेको यो प्रस्ताव फिर्ता लिनुपर्छ । फिर्ता लिएरमात्रै हुँदैन मा’फी पनि माग्नुपर्छ ।

यो प्रस्ताव बैठकमा छलफल हुन गराउँनै सक्दिन मैले ।’ओलीले महाधिवेशन अगाडि सहमतिमै जानुपर्छ भन्दै आफूले भनेको कुरा मान्नुपर्ने तर्क गरे । उनले भने, ‘अर्को कुरा बु’कलेट किन वितरण गरेको ? त्यसमा पनि मा’फी माग्नुपर्छ । वि’वादहरु सहमतिमै स’माधान गर्नुपर्छ, बैठकबाट होइन । महाधिवेशन अगाडि बहुमतको निर्णय मानिन्न, त्यसको काम छैन ।’ओलीले आफ्नो प्रतिवेदनको ब्या’ख्या गर्दै सरकारले राम्रो काम गरेको प्रसंग पनि उठाए । उनले भने, ‘म ने’तृत्वको सरकारले इतिहासमै राम्रो काम गरेको छ । मैले भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न ।’

ओलीको कुरा सुनेपछि सचिवालय सदस्यसँगै प्रचण्ड पनि मु’स्कुराएर हाँसेका थिए । त्यो दृश्य देखेपछि ओलीले प्रचण्डतर्फ हेरेर फेरि थपे, ‘मैले ग’म्भीर कुरा गर्दा तपाईँ हाँस्ने ? मु’स्कुराउने ?’आफ्नो अधिकांश समय सरकारको बयान गर्ने र प्रचण्डमाथि श’ब्दबाण हानेपछि फेरि प्रचण्डले जवाफ दिए । उनले भने, ‘केपी कमरेडले उत्तेजित कुरा गर्नुभयो, ‘हामीलाई पनि उ’त्तेजित पार्ने प्रयास गर्नु भएको छ । तर, हामी पार्टी एकताका लागि उ’त्तेजित हुँदैनौँ । अहिले आएका सबै तथ्यलाई सार्थक ढंगले अगाडि बढाएर लैजानुपर्छ । छलफल गरेर अगाडि ब’ढ्नुको हामीसँग विकल्प छैन ।’

प्रचण्ड बोल्दै गर्दा फेरि ओलीले ठूलो स्वरमा आ’क्रोस पोखे । उनले चि’च्याएको स्वरमा भने, ‘जे मन लाग्यो त्यहीँ लेख्न पाइन्छ ?’ ओलीले प्रचण्डलाई बोल्न रो’केपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्र’तिवाद गरे । उनले भने, ‘यो के गरेको ? तपाईँको कुरा सुनिदिनुपर्ने, हामीले अहिलेसम्म सुनिरहेका थियौँ, तपाईँले अर्का अध्यक्षलाई रो’क्ने ? तपाईँमा विधि, पद्दती भन्ने कुनै कुरा हुँदैन ?’श्रेष्ठले बोल्दासाथ वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले बोल्न पनि प्र’तिबन्ध लगाउने भनेर ओलीको प्र’तिवाद गरे ।

त्यसपछि प्रचण्डले भने, ‘बोल्नै रोक्ने, छलफल गर्न नै रोक्ने तपाईँ को हो ? तपाईँलाई कस्ले दियो अधिकार ? ल साथीहरु भन्नुस् यी प्रस्ताव के गर्ने ?’त्यस लगत्तै वरिष्ठ नेता नेपालले छलफल गर्नुको विकल्प नभएको बताए । अर्का वरिष्ठ नेता खनालले पार्टीको सम्पत्ती भइसकेका विषयमा छलफलबाट नै निकास खोज्नुपर्नेमा जोड दिए । उपाध्यक्ष गौतमले केपी ओलीले नै छलफलमा भाग लिइसकेकाले अब छलफल गर्नुको विकल्प नभएको बताए । प्रवक्ता श्रेष्ठले पार्टीमा आएका विषयबस्तु छलफल नै गर्न नपाउने भन्ने नहुँने धारणा राखे ।

सचिवालय सदस्य ईश्वर पोखरेलले पनि बैठकमा आइसकेका विषयहरु छलफल गर्नुपर्ने बताए । अर्का सदस्य रामबहादुर थापा बादलले पनि छलफल गरेर जानुपर्नेमा जोड दिए । तर, महासचिव पौडेलले भने, ‘मैले छलफल गर्ने वा नगर्ने भन्न सक्दिनँ’ प्रचण्डले त्यसपछि फेरि आफ्नो धारणा राख्न सुरु गरेका थिए । उनले भने, ‘केपी क’मरेडले नै बैठक बोलाउन आग्रह गर्दा प्रतिउत्तर लेखेर फायर खोल्नु भएको हो । त्यसपछि मैले लिखित प्र’स्ताव लेख्नुपर्ने अवस्था आयो । तपाईँले स्थायी कमिटीको निर्णय नमानेर फु’टवादी गतिविधि गरेको होइन ? बालुवाटारबाट देशैभर फुटवादी गतिविधि तपाईँले गरेको होइन ।

यी प्रस्ताव मित्रतापूर्ण तरिकाले हल हुनसक्छन् । मैले तपाईँको प्रस्तावको लिखितैरुपमा पूरक प्रस्ताव ल्याउँछु ।’प्रचण्डपछि बोलेका वरिष्ठ नेता खनालले सहमति, सहमतिले नै पार्टीलाई बि’गारेको बताए । उनले भने, ‘सहमति,सहमति भनेकाले पार्टी बि’र्गेको हो ।सहमति गर्दा पनि पद्दती र प्रक्रियामा गएर गर्नुपर्छ । म’नलाग्दाी गर्ने नीतिले नै संकट नि’म्तिएको हो । सकेसम्म सहमति गर्नु राम्रो कुरा हो । तर, सहमति भएन भने विधि र प’द्दतीमा गएर निर्णयमा पुग्नुपर्छ ।’उपाध्यक्ष गौतमले पनि छलफलबाटै निकास निकाल्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘अनौपचारिक पनि छलफल गरौँ, तर, औपचारिक छलफललाई पनि नि’रन्रता दिनुपर्छ । एउटा निष्कर्षमा पुग्नु अब ढिला भइसक्यो ।’सचिवालय सदस्य पोखरेलले अनौपचारिक संवादलाई जोड दिए । उनले भने, ‘छलफलबाट निकास खोजौँ, अनौपचारिक संवादबाट निकास निकाल्ने प्रयास गरौँ ।’प्रवक्ता श्रेष्ठले अनौपचारिक संवादका नाममा पार्टीलाई अनिर्णयको अवस्थामा राख्न नहुने बताए । उनले भने, ‘अनौपचारिक संवादको नाममा पार्टीलाई अनिर्णयको अवस्थामा राख्नु हुँदैन । अनौपचारिक संवाद पनि गरौँ तर, औपचारिक बैठक रोक्न मिल्दैन ।’

आजको बैठकमा महासचिव पौडेल र सचिवालय सदस्य थापाले आफ्नो छुट्टै धारणा राखेनन् । वरिष्ठ नेता नेपालले भने सबैको जिम्मेवारी ओलीले लिनुपर्नेमा जो’ड दिए । उनले भने, ‘पार्टीभित्रकै कमरेडलाई दु’श्मन भनेको कस्ले हो ? पार्टी फुटाउने को हो ?पार्टी एकता भंग गर्ने कस्ले हो ? यी सबैको ज’रो कमरेड केपी हो । गु’टवादी, फु’टवादी सबै केपी हो । उहाँ स’च्चिनुपर्छ, सहमतिभए राम्रो हो । तर, सहमति नभएमा अन्तरिम वि’धानले जे भन्छ त्यसलाई मानेर जानुपर्छ । पार्टी कसैको पेवा होइन ।’अन्तिममा प्रचण्डले भोलि दिउँसो १ बजे फेरि सचिवालय बैठक बस्ने बताए ।

भोलि बैठक बस्ने निवर्णयप्रति ओलीले व्यं’ग्य हानेका स्रोतको भनाइ छ । अन्तिममा सबैजना उठ्ने बेलामा ओलीले भने, ‘मैले भनेको नमान्ने, यस्ता बैठकको के काम ?’ आजको बैठकको सुरुवातदेखि अन्तिमसम्म ओलीले बैठक भा’ड्ने व्य’वहार देखाएको सचिवालय सदस्यहरुले बताएका छन् ।