आदित्य नारायणले गरे बिवाह

काठमाडौँ । बलिवुड गायक एवं अभिनेता आदित्य नारायण आफ्नी प्रेमिका श्वेता अग्रवालसँग वैवाहिक बन्धनमा बाधिएका छन् । दुवैले मुम्बईस्थित इस्कान मन्दिरमा आफ्ना परिवारका सदस्यहरु मात्र उपस्थित वैवाहिक समारोहमा विवाह बन्धनमा बाधिएका हुन् ।कोरोना महामारीका कारण वैवाहिक समारोहमा केवल ५० जनालाई मात्र बोलाइएको बताइएको छ ।यसअघि आदित्यले सन २०१० देखिकी आफ्नी प्रेमिका श्वेतासँग आफुले विवाह गर्न लागेको जानकारी दिएका थिए ।आदित्य र श्वेता पहिलो पटक २०१० मा फिल्म शापितको सेटमा भेटेका थिए ।

श्वेता दक्षिण भारतका कैयौ फिल्ममा काम गरेकी नाम चलेको अभिनेत्री हुन । उनले प्रभास, सुदीप जस्ता सुपरस्टारहरुसँग समेत काम गरिसकेकी छन् । यसका अलावा उनले विभिन्न टेलिभिजन सीरियलमा समेत काम गरिसकेकी छन् ।आदित्यको नाम केहि समय अघि बलिवुड गायिका नेहा कक्कडसँग पनि जोडिएको थियो । तर नेहाले भने केहि साता अघि मात्र गायक रोहनप्रित विवाह गरिसकेकी छन् ।