प्रहरीमा शु’द्धीकरण अभियान, दुई एसपीसहित एकैदिन चार सिनियर अधिकृत नि’लम्बित

काठमाडौं ।नेपाल प्रहरीमा दुई एसपीसहित एकैदिन चार सि’नियर अधिकृत नि’लम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुई एसपी, एक डिएसपी र एक इन्सपेक्टर नि’लम्बनमा परेका हुन् । ए’सपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादब तथा इन्सपेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयको सि’फारिसमा गृहले नि’लम्बन गरेको हो ।प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अ’नियमितता गरेको खुलेपछि उनीहरुलाई गृहले नि’लम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए ।

नि’लम्बन गरेर उनीहरुमाथि वि’भागीय का’रबाही गर्न ला’गिएको छ । आफु मा’तहतकै प्रहरी कार्यालयहरुबाट मासिक रुपमा पैसा उठाएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले का’रबाही प्रक्रिया अघि बढाएको थियो । उनीहरुलाई नि’लम्बन गरी का’रबाही अघि ब’ढाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए ।त्यस्तै डि’उटीको समयमा होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका तत्कालिन इ’न्चार्ज डिएसपी भरतबादुर चौधरीलाई पनि गृह मन्त्रालयले नि’लम्बन गरी का’रबाही प्रक्रिया सुरु गरेको छ ।

गत १० मंसिरमा उनी स’म्पर्कविहिन भएका थिए । पछि खोज्दा डि’उटी छाडेर उनी युवतीसँग होटलमा भेटिएका थिए ।अ’नियमिततामा सं’लग्न तथा डि’उटीमा ध्यान नदिनेलाई स’चेत गराउन यस्तो का’रबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफु बो’लीमा नरम भएपनि व्य’वहारमा क’डा रहेकाले का’रबाहीका लागि न’डराउने चे’तावनी दिएका थिए ।दृष्टि