तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले वरिष्ठ नेता पौडेललाई तनहुँको व्यास नगरपालिका १ तालघरेबाट नियन्त्रणमा लिएको हो । तालघरे र दुम्सी जो’ड्ने पुलको कांग्रेस वरिष्ठ नेता पौडेलबाट उ’द्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर, प्रशासनले भने पुलको उ’द्घाटन रो’क्न भनेको थियो । झ’डप र त’नाव हुन नदिन नि’षेधाज्ञा जारी गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सागर आचार्यले जानकारी दिए । पुल उद्घाटन पौडेलबाट हुन नदिन नेकपा नेतृत्वले वि’रोध गरेको थियो।
दमौलीमा नेकपाको युवा मोर्चाले प्र’दर्शन थालेको तथा निर्माण उपभोक्ताले उ’द्घाटन ग’रिछाड्ने भनेपछि नि’षेधाज्ञा जा’री गरेको थियो। प्रहरीले ब’ल प्रयोग गरेर आफूलाई नियन्त्रणमा लिएको भन्दै नेता पौडेलले कार्यकर्तामाथिको दमन ब’न्द गर्न माग गरेका छन् । ‘भर्खर प्रहरी परिचालन गरेर मलाई समेत हि’रासतमा लिएको जानकारी दिन्छु’, पौडेलले भनेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी ला’ठीचार्ज र द’मन तत्काल ब’न्द होस !’
तपाईको प्रतिक्रिया दिनुहोस्