छोरा आदित्यको विवाहमा यसरी नाचे उदित नारायण झा

काठमाडौं, गायक उदित नारायण झाका छोरा आदित्य नारायणले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग विवाह गरेका छन् । गायक तथा इन्डियन आइडलका होस्ट रहेका आदित्यले मोडल तथा अभिनेत्री श्वेतासँग दुवै परिवारका अभिभावक र केही नजिकका इष्टमित्रको मात्र उपस्थितिमा भारतको मुम्बई जुहूस्थित इस्कन मन्दिरमा विवाह गरेका हुन् । दुबैको विवाहको तस्बिर अहिले इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । १ डिसेम्बर अर्थात हिजो उनीहरुले नजिकका आफन्तको उपस्थितिमा मन्दिरमा विवाह गरेका थिए ।

विवाह समारोहमा धेरै मानिस सहभागी नभएपनि धुमधामका साथ आयोजना भएको थियो । आदित्य निकै सज्जिएर आफ्नी बेहुली लिन पुगेका थिए । विवाह मुम्बइको इस्कान मन्दिरमा सम्पन्न भएको थियो ।त्यहाँको विभिन्न तस्बिर समेत अहिले बाहिर आएको छ ।आदित्यले विवाहमा क्रिम कलरको शेरवानी लगाएका थिए । शिरमा पगडी र गलामा कुन्दनको माला समेत लगाएका थिए । श्वेताले पनि आदित्यसँग पहिरन म्याच गराएकी थिइन् । उनले क्रिम र गोल्डेन कलरको लेहंगा लगाएकी थिइन् । पहिरनका साथ धेरै गरगहना र मेकअपले उनी धपक्कै बलेकी देखिन्थिन् ।