अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरैको मृ’त्यु

वासिङ्टन ।कोरोनाभाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृ’त्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा पछिल्लो २४ बुधबार तीन हजार १५७ जनाको मृ’त्यु भएको छ ।कोरोनाबाट एकैदिन मृ’त्यु भएकाहरुको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । यसअघि गत अप्रिल १५ मा एकैदिन सवैभन्दा धेरैको मृ’त्यु भएकोमा अहिले त्यसको २० प्रतिशत बढी भएको पनि उनीहरुले जानकारी दिएका छन् । त्यति बेला एकैदिनमा दुई हजार ६०३ जनाको मृ’त्यु भएको थियो ।

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख ७३ हजार ८३६ जनाको मृ’त्यु भएको छ भने एक करोड ३९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । जोन ह’प्किङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार झण्डै एक लाख जना स’ङ्क्रमितहरु अझै पनि अस्पतालमै रहेका छन् ।अमेरिकी एम्बुलेन्स ए’सोसिएसनले दिएको जानकारीअनुसार बुधबार मात्रै आ’पतकालिन सेवाका लागि ९११ जनाको फोन आएको छ ।रासस