पाकिस्तानमा कोभिडका संक्रमित बढ्दै, सक्रिय संक्रमितको संख्या ५० हजार ना’घ्यो

इस्लामावाद । पाकिस्तानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी इ’स्लामावादसहित यहाँका अरु पनि शहरहरुमा पछिल्लो समयमा यस भाइरसका संक्रमितहरु ब’ढ्न थालेको जनाएका हुन् ।बिहीबार मात्र यहाँका अधिकारीहरुले दिएको जानकारीमा यहाँका कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ५१ हजार ६५४ जना पुगेको छ । अधिकारीहरुले यहाँ कोरोना भाइरसको दोस्रो वे’भ आएको पनि बताएका छन् ।

जसबाट यहाँका नागरिकमा पछिल्लो समयमा भाइरसको त्रा’स बढ्दै गएको पाइएको छ ।यहाँको राष्ट्रिय जियो टेलिभिजन संस्थाले दिएको जानकारीअनुसार गएको २४ घन्टामा मात्र पाकिस्तानमा तीन हजार ४९९ जना नयाँ संक्रमित थपिएका छन् । पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानमा पछिल्लो समयमा भाइरसका संक्रमितहरु ब’ढ्न थालेका र यहाँ कोरोना भाइरसको सेकेन्ड वे’भ आएको बताएका छन् ।यहाँ कोरोना भाइरसका संक्रमितहरुको संख्या ४ लाख छ हजार ६१६ पुगेको यहाँका स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्यांकहरुमा उल्लेख गरिएको छ ।