कोरोना भाइरसवि’रुद्धको खोप व्यक्तिको इच्छाका आधारमा लगाइने छ : जो बाइडेन

२० मंसिर २०७७, शनिबार एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसवि’रुद्धको उपलब्ध भएपनि सबैले व्यक्तिगत इच्छाका आधारमा खोप लगाउन पाउने बताएका छन् । उनले अमेरिकीहरुलाई कोरोना वि’रुद्धको खोपको लागि बा’ध्यकारी नबनाइने बताएका छन् । राष्ट्रपतिका रुपमा मेरो श’क्तिले भ्याएसम्म मैले खोपका लागि सबैलाई जा’गरुक बनाउने प्रयास गर्ने छु । तर कुन बेला कहाँ खोप लगाउने भन्ने व्यक्ति स्वयम्ले निर्णय गर्न पाउने छ , उनले भने ।

कोरोनाबिरुद्धको भ्याक्सिनमा सर्वसाधारणको विश्वास बढाउन पूर्व अमेरिकी राष्ट्रपतिहरु बिल क्लीन्टन, बराक ओबामा र जर्ज डब्ल्यु बुससँगै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पनि कोरोनाबि’रुद्धको भ्याक्सिन सार्वजनिक रुपमा लिने भएका छन् । उनीहरुले अमेरिकाको खाद्य तथा औ’षधी प्रशासनबाट स्वीकृति प्राप्त भएपछि सर्वधारणहरुको हि’चकिचाहट कम गर्न आफैले भ्या’क्सिन लिने घो’षणा गरेका हुन् ।डाक्टर फा’उचीले भ्या’क्सिन सुरक्षित भएको बताएपछि र ए’फडीएबाट स्वीकृत भएपछि आफूले सार्वजनिक रुपमा नै भ्याक्सिन लिन इ’च्छुक रहेको बाइडेनले बताए ।

अमेरिकामा फा’इजरको भ्याक्सिनले डिसेम्बर १० मा स्वीकृति पाउने अ’पेक्षा गरिएको छ भने त्यसको केही दिनमा नै भ्या’क्सिन वितरण सुरु गरिनेछ ।कोभिड–१९ बाट शुक्रबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी २५ सयभन्दा धेरै व्यक्तिको मृ’त्यु हुँदा दुई लाख २५ हजार व्यक्ति संक्रमित थपिएका थिए ।