राजावादीको प्र’दर्शन बढ्न थालेपछि अमेरिकी दूतावासले जारी गर्‍यो ‘अ’लर्ट’

काठमाडौं काठमाडौंमा राजनीतिक प्र’दर्शन बढ्न थालेपछि यहाँस्थित अमेरिकी राजदूतावासले आफ्ना नागरिकलाई विशेष सा’वधानी अपनाउन अ’नुराेध गर्दै विशेष सूचना जारी गरेको छ। दूतावासले शुक्रबार (हिजो) जारी गरेको सूचनामा शनिबार (आज) काठमाडौंको माइतीघर मण्डलामा ठूलो वि’रोध प्र’दर्शन कार्यक्रम रहेकाले आफ्ना नागरिकलाई सचेत रहन आ’ग्रह गरिएको छ। यस्तै आगामी हप्ताको अन्त्यमा काठमाडौंलगायत नेपालका विभिन्न भागमा हुने राजनीतिक वि’रोध र प्र’दर्शनका कार्यक्रमबाट जो’गिन अमेरिकी नागरिक र संघ÷संस्थाका प्रतिनिधिलाई निवासमै रहन दूतावासले अनुरोध गरेको छ।

अमेरिकी दूतावासले जारी गरेको सूचनामा भनिएको छ– ‘ठूलो भी’ड वा वि’ररोध कार्यक्रमका कारण कतै फ’सियो भने जतिसक्दो छिटो त्यहाँबाट निस्किन तथा नसकिने अवस्था छ भने नजिकैका सुरक्षित स्थानमा आ’श्रय लिन सुझाव दिइन्छ।’ दूतावासले विशेषगरी काठमाडौं र ललितपुर जिल्लाको उत्तरी भेगमा सा’वधान रहन भनेको छ। यसैगरी कुनै शं’कास्पद वस्तु फेला परे तत्काल नेपाल प्रहरीलाई सूचना दिन अनुरोध गर्दै दूतावासले नेपालका अमेरिकी नागरिकलाई स्थानीय सञ्चारमाध्यम हेर्न, सुन्न र पढ्न पनि अनुरोध गरेको छ। खासगरी केही दिनयता काठमाडौंलगायत देशका विभिन्न स्थानमा राजावादीले प्र’दर्शन गरिरहेका छन्।