अर्जेन्टिनाले देशका धनी नागरिकहरुसँग अतिरिक्त कर असुलेर गरिबहरुलाई राहत दिने

काठमाडौं। कोरोनाभाइरसको महामारीका कारण रोजगारी गुमाएर आर्थिक संकटमा परेका गरिब नागरिकहरुलाई राहत दिनको लागि अर्जेन्टिनाको सरकारले देशका धनी नागरिकहरुमाथि अतिरिक्त कर लगाउने भएको छ । अब यहाँ २०० मिलियन पेसो (२५ लाख डलर) भन्दा धेरै सम्पत्ति भएका नागरिकले सम्पत्तिको कम्तीमा २ प्रतिशत कर तिर्नुपर्नेछ ।बीबीसीका अनुसार सरकारले शुक्रबार यो नयाँ कानुन संसदबाट पास गरेको हो ।रिपोर्टअनुसार अर्जेन्टिनामा नयाँ कानुनमा निर्धारित सीमाभन्दा धेरै सम्पत्ति भएका १२ हजार नागरिक छन् ।

यी धनीहरुबाट असुलिएको करको रकम कोरोनाभाइरस महामारीसँग लड्न र गरिबलाई सहयोग गर्नको लागि खर्च गरिनेछ । यो नयाँ कानुनको उद्देश्य सरकारको अय बढाउनु हो । लकडाउनका कारण अन्य देशजस्तै अर्जेन्टिनाले पनि भारी नोक्सानी व्यहोरेको छ ।