सरकार वि’रुद्ध काँग्रेस सडक प्रदर्शनमा : राजावादी आ’न्दोलनलाई पनि ‘काउन्टर’

२२ मंसिर २०७७, सोमबार काठमाडौं । प्रमुख प्र’तिपक्षी नेपाली काँग्रेस सरकारका वि’रुद्ध देशव्यापी प्र’दर्शनमा उत्रिँदैछ । काँग्रेसले २९ मंसिरमा देशव्यापी प्रदर्शन गर्ने भएको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई १७ मंसिरमा गृहजिल्ला तनहुँमा एउटा पुल उद्घा टन गर्ने क्रममा स्थानीय प्रशासनले नियन्त्रणमा लिएपछि आक्रोसित भएको काँग्रेसले सरकार वि’रुद्ध सडकमा जाने निर्णय गरेको हो । काँग्रेसका शीर्ष नेतासहित शुक्रबार बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी प्रदर्शनको उद्घोष गरेको थियो।

काँग्रेसले सडकसँगै सदनबाट पनि सरकारमाथि दबाब बनाउने नीति लिएको छ। त्यसका लागि संसद बैठक अविलम्ब बोलाउन सरकार र सभा मुख समक्ष काँग्रेसको माग छ। राष्ट्रिय रूपमा उठेका जीवन्त प्रश्नहरू सँगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएको काँग्रेसको ठहर छ । काँग्रे सले वर्तमान सरकार निरन्तर रुपमा दमन, भ्र’ष्टाचार र कोभिड—१९ को अव्यवस्थापनको पर्याय वाची बनेको आरोप लगाएको छ । साथै कम्युनिष्ट सरकारको अ’धिनायकवादी चि’न्तन र व्यवहारका वि’रुद्ध संघर्ष गर्नु परिरहेको काँग्रेसको भनाइ छ ।

नेता केसीले भने, ‘प्रतिगामी र प्रगतिशील पक्षधरका आ–आफ्ना किसिमका आन्दोलनमा हामी मुलभूत रुपमा संवैधानिक लोकतन्त्रमा प्रतिवद्ध छौँ । यस्ता वि’रोधी विचारहरुको हामीले जहाँ जहिले पनि प्रतिवाद गर्छौँ । गरिरहेका पनि छौँ ।’ बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्द्धन आफ्नै ऐतिहासिक अभिभारा रहेकोे काँग्रेसको ठहर छ ।