नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा हो : डा. भट्टराई

काठमाडौँ, २२ मंसिर । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र ला’स ब्युॅतिनु उस्तै कुरा भएको बताउनुभएकाे छ। डा.भट्टराईले सामाजिक सञ्जाल ट्विट मार्त साे कुरा बताउनुभएकाे हाे। कमल थापाको धेरै पुरानो एउटा भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले हेर्नुहोस् माओवादीको सक्कली च’रित्र। अनि डा.बाबुराम भट्टराईको दोचारे च’रित्र भन्दै सेयर गरेका थिए । उक्त भिडियाेमा प्रतिक्रिया दिनु हँदै डा. भट्टराईले नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅ’तिनु उस्तै कुरा भएको बताउनुभएकाे हाे ।

उहाँले राजतन्त्र पुनर्स्थापना हुन सक्दैन भन्दाकोही किन आत्तिने? भनेर प्रतिप्रश्न समेत गर्नुभएकाे छ। उहाँले २०६० सालको वार्तामा कमल थापासँग राजालाई भन्नोस् यदि थप रक्तपात रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ भन्दा कमल थापाले त्यो त भन्न सक्दिनॅ भनेको पनि स्मरण गराउनुभएकाे छ । उहाँले ट्विटरमा लेख्नु भएकाे छ ” १. नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र ला’स ब्युॅतिनु उस्तै कुरा हो। कोही किन आत्तिने? २.मैले ०६० को वार्तामा @KTnepal संग भनेको यसो हो-‘राजालाई भन्नोस् यदि थप रक्तपात रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ !’ उनले भने-‘त्यो त भन्न सक्दिनॅ !’’