पतिको नि’धनपछि घाटबाट फ’र्केर का’जकिरिया

झापा, झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको नि’धनपछि सिन्दूर पोते फा’ल्नुपर्ने प्रचलनलाई तो’डेर घाटबाटै सिन्दूर–पोतेसहित घर फ’र्केर का’जकिरिया बारिरहेकी छन्। उनका पति केशव नेपालको मिर्गौला रो’गका कारण शनिबार ६१ वर्षको उमेरमा नि’धन भएको थियो। १७ दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठ’क्करले घा’इते भएका उनको त्यसपछि मिर्गौलामा स’मस्या थ’पिएको थियो। बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सु’धार नभएको उनको शनिबार नि’धन भएपछि स्थानीय दे’उनिया घा’टमा दा’हसंस्कार गरिएको थियो।

दाहसंस्कारकै क्रममा प’त्नीको सिन्दूर पु’छिदिने र हातका चु’रा फु’टाइदिने प्र’चलन छ तर रेनुकाले आफ्ना पतिबाट सौ’भाग्यको रूपमा पाएको सिन्दूर र पोते न’फाल्ने बताउँदै सेतो लुगामा घर फ’र्किइन्। हाल निजी निवासमा पतिको कि’रिया गरिरहेकी उनको यो निर्णयलाई परिवार, छरछिमेकी र दे’ख्नेसुन्नेले सा’हसिक नि’र्णय भन्दै स’मर्थन जनाएका छन्। ‘यो मेरा पतिले सौ’भाग्यको रूपमा दिनुभएको हो’, पतिको नि’धनपछि पनि सिन्दूर र पोते ल’गाउनुको कारण बताउँदै उनले भनिन्, ‘उहाँले म म’रेपछि तिमीले सिन्दूर न’पुछ्नु र पोते न’फुकाउनु भन्नुभएको थियो।’

रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इ’च्छाबमोजिम भाउजूले सिन्दूर र पो’ते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट अ’सहमति नरहेको बताए। वी’रता जेसिजका पूर्वअध्यक्ष सजेश शिवाकोटीले रेनुका नेपालले समाज परिवर्तनका लागि सा’हसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिलेको बताएका छन्। ‘सुरू कसैले गर्नैपर्छ, स’लाम र सम्मान छ भाउजू’, शिवाकोटीले सामाजिक सञ्जालमा लेखेका छन्। ‘श्रीमान्ले दिए जति सबै उनको मृ’त्युपछि त्यागी नै हा’ल्ने हो भने सँगै जो’डिने थर, नानी बालबच्चा आदि नि त्याग्दै हिँ’ड्न सम्भव छैन, त्यसैले उहाँको सा’हसलाई मा’न्नैपर्दछ”, सामाजिक सञ्जालमा स’मर्थन जनाउँदै लोकु चा’पागार्इँले लेखेका छन्।

रेनुकाको सा’हसिक कार्यलाई सामाजिक सञ्जालमार्फत स’मर्थन र हौ’सला दिनेहरू बढिरहेका छन्। विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडका अध्यक्ष मोहन शिवाकोटीले १०० वर्षपछिको समाजको सोचलाई आजै परिवर्तन गरिदिएको भन्दै सामाजिक सञ्जालमा ‘यो पनि याद गर्नुहोला, तपाईँको कुरा का’ट्नेहरू पनि समाजमा धेरै छन्, केही फरक पर्दैन किनकि तिनकै सन्तान कुनै दिन तपाईँको अ’नुयायी हुनेछन्’ लेखेका छन्। रेनुकाका दि’वगंत पति केशव नेपाल कुनै नेता तथा प’दीय ओ’होदामा रहेका व्यक्ति होइन ।उनी विर्तामोडस्थित आफ्नै घरमा सानो पसल च’लाउँथे। रेनुका सामान्य गृ’हिणी हुन्। उनीहरूका दुई छोरा र दुई छोरी छन्। (रासस)