आँबुखैरेनीका विद्युत प्राधिकरण प्रमुख घुससहित रंगेहात पक्राउ

आँबुखैरेनीः नेपाल विद्युत प्राधिकरण आँबुखैरेनीका प्रमुख कृष्णबहादुर आले पाँच हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको एक टोलीले उनलाई अघि साँझ कार्यालयबाट रंगेहात पक्रेको हो ।एक स्टिङ अपरेशनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले पक्रेको प्रहरी श्रोतले बताएको छ । उनीमाथि रकम मागेको भन्दै सेवाग्राहीले उजुरी दिए पछि अख्तियारको टोलीले स्टिङ अपरेशन गरेर पक्रेको बुझिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले उनलाई पक्रेर पोखरा लागेको बुझिएको छ ।अख्तियार क्षेत्रीय प्रवक्ता मेघनाथ रिजालले नेपाल विद्युत प्राधिकरण आँबुखैरेनीका कार्यालय प्रमुखलाई कार्यालयबाटै रकमसहित पक्रेको पुष्टि गरे ।