दम्पतीले लट्रीमा १८ अर्ब जि’ते, आधाभन्दा धेरै गरिबलाई बाँ’डे, आफूलाई सेकेण्ड ह्याण्ड कार किने

काठमाडौं। लट्रीमा बेलायती इतिहासकै ठूलो रकम ११५ मिलियन पाउण्ड (१८ अर्ब नेपाली रुपैयाँ) जितेका दम्पतीले आधाभन्दा धेरै रकम गरिबहरुलाई बाँ’डेर सकेका छन् । उनीहरुले करिब ६० मिलियन पाउण्ड गरिबहरुलाई सहयोग गरेर सकेको बताएका छन् । पू’र्वशिक्षिका फ्रान्सिस कोनोली र उनका पति पेट्रिकले ६० मिलियन रकम गरिबहरुलाई सहयोग गरेर सकेको बेलायती अखबार द सनसँगको कुराकानीका क्रममा बताए ।सुरुमा यति ठूलो रकम जि’तेपछि आफ्ना ५० नजिकका साथी र आफन्तलाई सहयोग गर्ने नि’र्णय गरेका यी दम्पतीले अहिलेसम्म १७५ परिवारलाई खु’सी दिइसकेका छन् ।

उनीहरुले सहयोग गरेकामध्ये कैयौंले घर किन्न सके भने अन्यले ऋण ति’र्न सके । जनवरी २०१९ मा उनीहरुले जि’तेको रकम त्यो लट्रीमा विगत २५ वर्षयताको चौथो ठूलो रकम थियो । फ्रान्सिसले द सनसँग भनिन् ‘हामीले ११४९६९७७५.७० पाउण्ड जि’तेका थियौं र त्यसको आधाभन्दा धेरै सहयोग गरेर सक्यौं ।’यो दम्पतीले यति धेरै रकम सहयोग गरेर सके तर आफ्नो लागि भने सेकेण्ड ह्याण्ड कार किने । उनीहरुका छोरीहरुले पनि सेकेण्ड ह्याण्ड कार नै प्रयोग गर्छन् । फ्रान्सिसका अनुसार उनलाई धेरै खुसी यो कुराले हुन्छ कि उनले जसलाई सहयोग गरेकी थिइन् ।

ती सहयोग पाउनेहरुले पनि फेरि अरु दुःख पाएकाहरुलाई सहयोग गरे । ५४ वर्षकी फ्रान्सिसका अनुसार उनलाई गहना किनेर भन्दा धेरै खुसी अरुको मु’हारमा खु’सी देखेर भयो । गत वर्ष पेट्रिकले फ्रान्सिसको लागि सेकेण्ड ह्या’ड ज’गुआर कार कि’निदिएका थिए ।यो कारको मूल्य २ हजार पाउण्ड थियो ।