नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्वराजदूत कमानसिंह लामाको नि’धन

काठमाडौं, सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको नि’धन भएको छ। कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति ११ बजे नि’धन भएको लामाकी पत्नी इन्द्रमाया तामाङले जानकारी दिइन्। ‘१४ दिनअघि कोरोना संक्रमण भएपछि टिचिङ अस्पतालमा भर्ना गरेर उपचार सुरु गरेका थियौँ,’ तामाङले बिहीबार बिहान भनिन्, ‘आइसियूमा राखेर उपचार गर्दा पनि सु’धार भएन।

राति ११ बजे निधन भयो।’ लामा ०४८ सालमा त’त्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बि’जयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए। लामालाई प्रे’सर, सु’गरको स’मस्यासँगै कि’ड्नीमासमेत स’मस्या थियो। उनको पा’र्थिव शरीर बिहीबार बिहान नेपाली से’नाले व्यवस्थापन गर्ने पारिवारिक स्रोतले जनाएको छ।