पढाइ छाडेर बि’च्छी खोज्न थाले, त्यही बिच्छीले २५ वर्षको उमेरमै बनायो करोडपति

काठमाडौं। केही वर्षअघि आ’र्कियोलोजीमा डिग्रीको पढाइ छाडेर मरुभूमिमा बिच्छी खोज्न थालेका एक युवक अहिले करोडपछि बनेका छन् । इजिप्टका २५ वर्षका मोहम्मद हा’म्दी बो’श्ता बि’च्छीको वि’ष बेच्छन् । यो विचित्रको सोखले आफूलाई यति धनी बनाउला भनेर उनले आफैंले पनि सोचेका थिएनन् । अहिले उनले १ ग्राम विषको लागि १० हजार डलर (११ लाख ८० हजार रुपैयाँ) मूल्य पाउँछन् ।रोयटर्सका अनुसार इजिप्टको मरुभूमि र समुद्रका तटीय क्षेत्रमा बिच्छी स’मात्नको लागि हा’म्दीले केही वर्ष पहिले आ’र्कियोलोजीमा डिग्रीको पढाइ छा’डेका थिए ।

उनी यी बि’च्छीबाट वि’ष निकाल्छन् जसको प्रयोग औ’षधि बनाउन गरिन्छ । केवल २८ वर्षको उमेरमा मो’हम्मद हाम्दी का’यरो भेनम कम्पनीका मालिक बनेका छन् । यो यस्तो परियोजना हो जहाँ अलग अ’लग प्रजातिका ८० हजारभन्दा धेरै बि’च्छी र सर्प पालिएका छन् । यी सर्प र बिच्छीको वि’ष निकालेर औ’षधि बनाउने कम्पनीलाई बेचिन्छ ।युभी लाइट अर्थात पा’रावैजनी प्रकाशको सहयोगले समातिएका बि’च्छीको वि’ष निकाल्नको लागि उनीहरुलाई हल्का बि’जुलीको झ’ट्का दिइन्छ । झ’ट्का लाग्नासाथ उनीहरुको वि’ष बाहिर आउँछ र यो वि’षलाई भण्डार गरेर राखिन्छ ।

रोयटर्सको रिपोर्टअनुसार बिच्छीको एक ग्राम विषबाट २० हजारदेखि ५० हजारसम्म एन्टिभेनम (वि’ष प्र’तिरोधी औ’षधि) डो’ज बनाइन्छ । ए’न्टिभेनम औ’षधि तयार गर्दा बिच्छीको वि’षको परिमाणमा निकै सा’वधानी अपनाइन्छ ।मोहम्मद हाम्दीले बिच्छीको यो वि’ष युरोप र अमेरिकामा आपूर्ति गर्छन् । त्यहाँ यो वि’षको प्रयोग एन्टिभेनम औ’षधि र हा’इपरटेन्सनको औ’षधि बनाउन गरिन्छ । अमेरिकाको सेन्टर फर डि’जिज क’न्ट्रोल एण्ड प्रि’भेन्सनको रिपोर्टअनुसार अमेरिकामा मात्र हरेक वर्ष ८० हजार मानिसहरुलाई वि’षालु सर्प वा बि’च्छीले टो’क्छन् । यी बि’रामीको उपचारमा वि’षबाटै बनाइएका एन्टिभेनम औ’षधि प्रयोग गरिन्छ ।