सन्दीप लामिछाने मंगलबार अष्ट्रेलिया जाने

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आगामी मंगलबार अष्ट्रेलिया जाने भएका छन् । लिग अन्तर्गत पहिलो ६ खेल गुमाउने सन्दीपले त्यसपछिको खेल भने खेल्नेछन् । सन्दीप मंगलबार त्यसतर्फ प्रस्तान गर्ने उनका म्यानेजर रमेश सिवाकोटीले बाह्रारीसँगको कुराकानीमा भने । सन्दीप बिग बास लिगमा सहभागी हुन डिसेम्बर १५ मा अष्ट्रेलिया जाने उनले बताए । “सन्दीप मंगलबार अष्ट्रेलिया प्रस्थान गर्ने छन् । पहिलो केही खेल गुमाएका सन्दीप मंगलबार जाने भएका हुन्,” सिवाकोटीले भने

। सन्दीप मंलगबार बिहान ११ गते काठमाडौंबाट उड्नेछन् । सन्दीप भोलिपल्ट एडिलेट पुग्नेछन् । सन्दीपले त्यहा १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यसपछि कोरोना परिक्षण पछि सन्दीप टिमसँग जोडिनेछन् । आज (बिहीबार) बाट सुरु भएको बिग बास लिगमा सन्दीपको होबार्ट हुरिकेन्सले घरेलु मैदामा सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गरि रहेको छ ।