राप्रपा नेता राजेन्द्र लिङदेनलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी नेता तथा सांसद राजेन्द्र लिङदेनको स्वास्थ्यमा स’मस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। नि’मोनिया भएपछि उपचारका लागि झापाकै अस्पतालमा भर्ना गरिएका लिङदेनलाई बिहीबार साँझ हेलिप्कोटरमा काठमाडौँ ल्याइएको हो। राप्रपाका नेता मोहन श्रेष्ठले लिनदेङको थप उपचार ललितपुर नख्खुस्थित मेडिसिटीमा हुने बताए। ‘उहाँलाई क’डा प्रकारको नि’मोनिया देखिएपछि हेलिकोप्टरमा काठमाडौँ ल्याइएको हो,’ श्रेष्ठले भने। नेपाली सेनाको हेलिकप्टरबाट उनलाई काठमाडौँ ल्याइएको हो।

उनी झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा नि’र्वाचित भएका थिए। मंसिर २० गते उनकै ने’तृत्वमा झापामा राजतन्त्र पु’नर्स्थापनको मा’ग गर्दै सडक आ’न्दोलन भएको थियो। ‘मंसिर २० गते पनि उहाँलाई खो’की थियो। २१ गते केही ज्व’रो आएपछि कञ्चनजंगा अस्पतालमा भ’र्ना गरियो। हिजो थप उपचारका लागि विर्तामोडस्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो,’ श्रेष्ठले भने। लिनदेङको बीएन्डसी अस्पतालको आ’ईसीयूमा उपचार गरिएको थियो। श्रेष्ठका अनुसार उनको कोरोना परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको छ।