‘सहमतिमा राजसंस्था पु’र्नस्थापित गरौं’: कमल थापा

हेटौंडा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि नि’षेध नहुने गरि राजा देखि बि’प्लब माओवादी सम्म अ’ट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन् ।हेटौंडामा पार्टीको चु’नाव चिन्ह “हलो” तथा झण्डा अ’नावरण गर्दै थापाले राजसंस्था र हिन्दुराष्ट्र पु’नर्स्थापनाको निमित्त सर्बपक्षिय स’म्मेलन हुनुपर्ने माग गरे । उनले नेपाली जनताको अ’भिमतबाट , राजनीतिक द’लहरुको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने स्पष्ट पार्दै बिदेशी ब’ल र सेनाबाट राजसंस्था स्थापित नहुने बताए ।

नेपाली जनता, राजनीतिक दल, नागरिक समाज र बु’द्धिजीवीहरुको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्न थापाले जोड दिए । गणतन्त्र ,धर्म नि’रपेक्षता र संघीयता बिदेशिको ए’जेन्डा भएको चर्चा गर्दै थापाले जनताले बिस्तारै यो ग’म्भीर बिषय बुझ्दै गएको थापाले बताए। राप्रपाले उठाएको एजेन्डा प्रती ज’नसमर्थन देखिनु सकारात्मक भएको भन्दै उनले प्र’दर्शन परिचालित नभएको दाबी गरे । मुलुकमा बि’कृती बि’सङ्गती ,भ्रष्टाचार, बेरोजगारी व्यापक भएको भन्दै संबैधानिक अ’ङ्ग ,न्यायालय, प्रहरी प्र’शासनमा देखिएको से’टिङ्ग, प्र’भाब, ह’स्तक्षेपको ति’ब्र आ’लोचना गरे ।

राप्रपालाई मुलुकको बैकल्पिक श’क्ति बनाउन जनताको सहयोग आबश्यक भएको भन्दै सं’गठन सुदृढीकरणमा लाग्न थापाले कार्यकर्तालाई नि’र्देशन दिए । परिबर्तन पछि राजा ज्ञानेन्द्रको शा’लिन र म’र्यादित भुमिका र व्य’बहारको पनि थापाले खुलेर प्रसंशा गरे ।कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य मधु अधिकारिले मुलुकमा ब्याप्त बि’कृती र बि’सङ्गतीका कारण बि’द्रोहको अबस्था श्रीजना भएको बताए । राप्रपाका युबा नेता राजाराम बर्तौलाले राप्रपा र पार्टी ने’तृत्वका कारण एजेन्डाको ज’ग खडा भएको भन्दै राप्रपाको नेतृत्वमा अब आ’न्दोलनको आ’धिबेहरी ल्याउनुपर्नेमा जोड दिए।